२०८३ असार १२ गते शुक्रवार | 2026 June 26th Friday

अभिनेत्री विद्या बालन एआईको सिकार, भाइरल भिडियोमा के छ?

काठमाडौं । अहिले एआई भिडियोहरूको दुरुपयोगको घटनाले समाजमा हंगामा मचाएको छ। बलिउडका चर्चित कलाकारहरू जस्तै कट्रिना कैफ र रश्मिका मन्डानासम्म यसका शिकार भएका छन्। हालै अभिनेत्री विद्या बालनको नक्कली एआई भिडियो भाइरल भएपछि, उनले आफ्ना फ्यानहरूलाई सचेत पार्दै सो भिडियोको बारेमा जानकारी दिइन्।

विद्याले सामाजिक सञ्जालमा यो नक्कली भिडियोको क्लिप सेयर गर्दै यसमा भएका दाबीहरूका बारेमा स्पष्ट पारिन्। उनले लेखेकी छिन्, ‘अहिले सामाजिक सञ्जाल र व्हाट्सएप जस्ता प्लेटफर्महरूमा यस्ता भिडियोहरू भाइरल भइरहेका छन्, जसमा म देखिएकी छु। म स्पष्ट पार्न चाहन्छु कि यी भिडियोहरू एआई-उत्पन्न र नक्कली छन्।’

विद्याले थपिन्, ‘यी भिडियो बनाउनमा मेरो कुनै हात छैन र यस भिडियोमा गरिएका दाबीहरूसँग मेरो कुनै सरोकार छैन।’ उनले यस्ता नक्कली भिडियोहरूको प्रचार नगर्न र यसका बारेमा सतर्क रहन सबैलाई आग्रह गरेकी छिन्।

प्रकाशित मिति : २०८१ फाल्गुन १९ गते सोमवार
प्रतिक्रिया दिनुहोस