अर्बपति व्यवसायी एलन मस्क १४ औं पटक पिता बनेका छन्। न्यूरालिंकसँग सम्बद्ध शिवोन जिलिसले आफ्नो चौथो सन्तान, शेल्डन लाइकुर्गस, को जन्मबारे जानकारी दिएकी छन्।
शिवोनले २०२१ मा मस्कसँग आईभीएफ प्रविधिबाट दुई सन्तान जन्माएकी थिइन् भने २०२४ मा तेस्रो सन्तान अर्काडियाको जन्म भएको थियो।
मस्कको पहिलो पत्नी जस्टिन विल्सनबाट पाँच सन्तान छन्। २०२० मा गायक ग्रिम्समार्फत तीन सन्तान जन्मिएका थिए।
मस्कले घट्दो जन्मदर मानव सभ्यताका लागि खतरा भएको बताउँदै आएका छन्। हालै, प्रभावशाली एश्ले सेन्ट क्लेयरले पनि मस्कसँग सन्तान जन्मिएको दाबी गरेकी छन्, तर मस्कले यसको पुष्टि गरेका छैनन्।
प्रकाशित मिति : २०८१ फाल्गुन १७ गते शनिवार

