२०८३ असार १२ गते शुक्रवार | 2026 June 26th Friday

राजनीतिमा आउने प्रश्नबारे बोलिन् मनिषा कोइराला

Manisha-Koirala

काठमाडौँ। बलिउड र नेपाली चलचित्रमा आफ्नो अभिनयको पहिचान बनाइसकेकी अभिनेत्री मनिषा कोइरालाले हालै भएको कार्यक्रममा आफू राजनीतिमा आउने बारेमा स्पष्ट जवाफ दिएकी छिन्। उनले राजनीतिमा नजाने निर्णय लिएको उल्लेख गरिन्।

अभिनेत्री कोइरालाले आफ्नो भविष्यको योजनामा राजनीतिमा सहभागिता नलिने कुरा स्पष्ट गरेकी छिन्। तर, उनी नेपाली चलचित्रमा पुनः काम गर्न इच्छुक रहेको र यसका लागि नयाँ र भिन्न विषयमा प्रस्ताव गर्न लेखक र निर्देशकहरुलाई आग्रह भने गरेकी छिन्।
सो अवसरमा उनले आफू राजनीतिमा आउन र चलचित्र निर्माणका लागि तयार नरहेको भने पनि हाल एउटा पुस्तकमा काम गरिरहेको जानकारी गराइन्।

प्रकाशित मिति : २०८१ चैत्र १० गते सोमवार
प्रतिक्रिया दिनुहोस