२०८३ असार १२ गते शुक्रवार | 2026 June 26th Friday

गोविन्दासँगको सम्बन्धविच्छेदबारे पहिलोपटक बोलिन सुनिता, भिडियो भाइरल

Govinda in Love with a Marathi Actress, Preparing for Divorce from Nepali Wife Sunita After 37 Years?

गोविन्दा र उनकी पत्नी सुनिता आहुजाको सम्बन्धबिच्छेदको हल्लाले केही समयदेखि उनीहरूको फ्यानलाई चिन्तित बनाएको थियो। ३७ वर्षको वैवाहिक जीवनपछि दुवै अलग हुने खबर सार्वजनिक भएको थियो। तर हालै सुनिता आहुजाले यी सबै हल्लाको जवाफ दिइन्।

सुनिता मुम्बईको एक मन्दिरमा पापाराजीको प्रश्नमा जवाफ दिँदै भनिन् कि उनी र गोविन्दा लामो समयदेखि अलग बस्दै आएका छन्, तर यो कुनै सम्बन्धविच्छेदको कारणले होइन। उनीहरू छुट्टै फ्ल्याटमा बस्छन् ताकि गोविन्दा आफ्नो राजनीतिक बैठकहरू गर्न सकून्, र सुनिताले भनेकी छन्, ‘मलाई र गोविन्दलाई यो दुनियाँमा कसैले छुट्टै राख्न सक्दैन।’ गोविन्दा पछिल्लो समय राजनीतिमा पनि सक्रिय छन्।

सुनिताको यो भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ, जसले धेरैलाई राहत दिएको छ र झुटा अफवाहहरूको खण्डन गरेको छ।

प्रकाशित मिति : २०८१ फाल्गुन १७ गते शनिवार
प्रतिक्रिया दिनुहोस