२०८३ जेष्ठ ११ गते सोमवार | 2026 May 25th Monday

धरानबाट हराएको बस चार दिनपछि विराटनगरमा भेटियो, पार्टपुर्जा गायब

काठमाडौं । धरानबाट चोरी भएको यात्रुबहाक बस चार दिनपछि विराटनगरमा फेला परेको छ। धरान उपमहानगरपालिका–८ स्थित ग्यारेजबाट शुक्रबार बिहान हराएको प्रदेश १–०२–००१ च ९७४९ नम्बरको बस मंगलबार विराटनगर–१२ मंगलबारेमा बेवारिसे अवस्थामा भेटिएको हो।

बसका महत्वपूर्ण पार्टपुर्जा निकालिएको अवस्थामा भेटिएको र केही सामान विराटनगर–६ स्थित एक कवाडी गोदाममा फेला परेको प्रहरीले जनाएको छ। बसका मालिक हरेन्द्र चेम्जोङ हुन्।

सीसीटीभी फुटेजमा बस खोर्साने हुँदै विराटनगरतर्फ ल्याइएको देखिएको थियो। चोरीमा संलग्न समूहको खोजी जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८२ बैशाख १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस