२०८३ असोज २४ गते शनिवार | 2026 October 10th Saturday

दुबईमा प-क्राउ परेकी ऐश्वर्याको अप-राध खुल्यो

काठमाडौं । इन्टरपोलको रेड नोटिस जारी भएकी महिला दुबईबाट पक्राउ परेर नेपाल ल्याइएको छ।

पक्राउ पर्नेमा सिन्धुलीको कमलामाई नगरपालिका–१४ घर भएकी ऐश्वर्या दाहाल छन्। उनलाई बिहीबार नेपाल फिर्ता ल्याइएको हो।

प्रहरीका अनुसार दाहालविरुद्ध नेसनल सेन्ट्रल ब्यूरो (एनसीबी) काठमाडौंको अनुरोधमा २१ चैत २०८१ मा इन्टरपोल महासचिवालयबाट रेड नोटिस जारी भएको थियो। उनी ठगीसम्बन्धी कसुरकी अभियुक्त हुन्।

दाहाललाई मुद्दा रहेको सुनसरीमा अनुसन्धानका लागि पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८२ असोज १० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस