२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

पनिरप्रेमी सचेत! बजारमा युरिया र डिटर्जेन्ट मिसिएको नक्कली पनिर भेटियो

काठमाडौं । भारतको विभिन्न जिल्लाहरूमा युरिया, डिटर्जेन्ट र रासायनिक पदार्थ मिसाएर नक्कली पनिर उत्पादन भइरहेको पाइएको छ। टिनोपल र अला जस्ता रसायन प्रयोग गरेर पनिर चम्किलो बनाइएको छ, जसले स्वास्थ्यको लागि गम्भीर जोखिम निम्त्याउँछ।

राजस्थानबाट आएका कारिगरहरूले यस नक्कली पनिर बनाउने कला सिकाइरहेका छन्। खाद्य सुरक्षा तथा औषधि प्रशासन (FSSAI) ले प्रहरीसँग सहकार्य गर्दै कारिगरहरूलाई पक्राउ गर्ने अभियान थालेको छ।

निरीक्षण अभियान अक्टोबर ८ देखि १७ सम्म चलेको थियो र यस अवधिमा करिब डेढ करोड भारुको नक्कली पनिर, खुवा र अन्य सामग्री नष्ट गरिएको छ। नोएडा, हापुर, मेरठ, आगरा, कानपुर, लखनउ, बरेली र गोरखपुर लगायतका जिल्लाहरूमा जफत गरिएको नक्कली पनिरमा दूधको सट्टा पाम तेल, युरिया, डिटर्जेन्ट र अन्य कृत्रिम रसायनहरू मिसाइएको थियो।

सक्कली र नक्कली पनिर छुट्याउने तरिका:

सक्कली पनिर नरम, दुधको गन्ध भएको, पानीमा तैरने हुन्छ।

नक्कली पनिर कडा, रबर जस्तो, रासायनिक गन्ध भएको, पानीमा डुब्ने र टाँसिने हुन्छ।

तातो पानीमा राख्दा नक्कली पनिर पग्लन्छ वा भाँचिन्छ।

आयोडिन टिंचर प्रयोग गर्दा सक्कली पनिरको रंग परिवर्तन हुँदैन, नक्कली पनिर नीलो वा कालो हुन्छ।

प्रकाशित मिति : २०८२ असोज २९ गते बुधवार
प्रतिक्रिया दिनुहोस