२०८३ असार २९ गते सोमवार | 2026 July 13th Monday

यी हुन् हर्क साम्पाङको श्रम संस्कृति पार्टीका पाँच पदाधिकारी (नामसहित)

harka sampang dispute

काठमाडौं – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले प्रस्ताव गरेको ‘श्रम संस्कृति पार्टी’मा पाँच सदस्यीय पदाधिकारी रहेको पाइएको छ।

उनले दशैंअघि नै (असोज ७ गते) निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिइसकेका छन्। साम्पाङले आफ्नो पार्टीको चुनाव चिन्ह ‘माटोको ढिस्को’ प्रस्ताव गरेका छन्।

निर्वाचन आयोग उच्च स्रोतका अनुसार, साम्पाङले प्रस्ताव गरेको श्रम संस्कृति पार्टीमा उनी स्वयं अध्यक्ष रहेका छन्। उपाध्यक्षमा राजकुमार तामाङ लामा (देवराज), महासचिवमा आरेन राई, कोषाध्यक्षमा समिता राई र प्रवक्तामा अरुण गुरुङ प्रस्ताव भएका छन्। उक्त पार्टीमा २३ सदस्यीय केन्द्रीय समिति प्रस्ताव गरिएको छ।

यसैगरी, वरिष्ठ अधिवक्ता डा. सुरेन्द्रराज भण्डारीले पनि यही असोज ९ गते ‘नेपाल नागरिक पार्टी’ दर्ताका लागि निवेदन दिएका छन्। उनी संयोजक रहेको उक्त दलमा सह–संयोजकमा सञ्जय खतिवडा र डा. प्रकाश पौडेल रहेका छन्। पूर्वजनमुक्ति सेनाका लडाकु लेलिन विष्टसहित ४४ जना केन्द्रीय सदस्य प्रस्तावित छन्।

भण्डारी संयोजक रहने गरी उक्त दलमा नयाँ सदस्यहरूलाई आवद्ध गराउन संयोजकको अधिकारमा पहल र नेतृत्व गर्ने प्रस्ताव गरिएको छ।

प्रकाशित मिति : २०८२ असोज २१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस