२०८३ भाद्र ४ गते बिहिवार | 2026 August 20th Thursday

स्वास्थ्यमन्त्री बन्ने चर्चाबीच रामजी रामको बयानले सबैतिर हलचल

काठमाडौं । सीमान्त र विपन्न परिवारका बाबजुद पनि संघर्ष गरेर चिकित्सक बन्न सफल डा. रामजी रामको नाम स्वास्थ्य मन्त्रीका रूपमा चर्चामा आएको छ। केही सञ्चार माध्यमहरूले उनीसहित चार मन्त्रीलाई सोमबार शपथ गराउने तयारी भइरहेको दाबी गरेका छन्।

तर चन्द्रनिगाहपुर अस्पतालमा कार्यरत डा. रामले भने अहिलेसम्म कसैले पनि आफूलाई मन्त्री बन्न प्रस्ताव नगरेको बताएका छन्। ‘अहिलेसम्म कहीँ कतैबाट मन्त्री बन्नुपर्यो भनेर प्रस्ताव आएको छैन,’ उनले भने, ‘यदि आयो भने म तयार छु।’

प्रकाशित मिति : २०८२ असोज २५ गते शनिवार
प्रतिक्रिया दिनुहोस