२०८३ भाद्र ४ गते बिहिवार | 2026 August 20th Thursday

साउदीमा भ`यावह बस दुर्घटना : एकै परिवारका १८ को मृत्यु, तीन पुस्ता सकियो

काठमाडौं । साउदी अरेबियाको मदिना नजिक भएको बस दुर्घटनामा मृत्यु भएका ४२ भारतीयमध्ये हैदराबादका एकै परिवारका १८ सदस्यको मृत्यु भएको पुष्टि भएको छ। नौ वयस्क र नौ बालबालिका रहेको यो परिवार उमराका लागि गएका थिए र फर्कने तयारीमा थिए।

दुर्घटना राति १:३० बजेतिर बस डिजेल ट्याङ्करसँग ठोक्किँदा भएको हो। ठोक्किएपछि आगलागी हुँदा अधिकांश यात्रु भाग्न नपाई जलेका थिए। मृतकमध्ये आसिफका आफन्त नसीरुद्दीन (७०), श्रीमती अख्तर बेगम (६२), छोरा सलाउद्दीन (४२), छोरीहरू अमिना, रिजवाना र शबाना तथा उनीहरूको बच्चाहरू छन्।

हैदराबादको रामनगरस्थित घरमा पीडितका आफन्तहरू शोकमा डुबेका छन्। एक आफन्तले आफ्नो भाइको पूरा परिवार विनाश भएको बताइन्।

प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गरेका छन्। भारतीय दूतावासले २४x७ नियन्त्रण कक्ष र हेल्पलाइन सञ्चालनमा ल्याएको छ। तेलङ्गानाका मुख्यमन्त्री रेवन्त रेड्डीले राज्य सरकार प्रभावित परिवारसँग रहने बताए।

प्रकाशित मिति : २०८२ मङ्सिर २ गते सोमवार
प्रतिक्रिया दिनुहोस