२०८३ असार ३ गते बुधवार | 2026 June 17th Wednesday

पत्याउन गाह्रो हुने शिक्षकको यस्तो भिडियो भाइरल, जागिर गयो

काठमाडौं । एक सरकारी प्राथमिक विद्यालयका शिक्षकले हप्ताका दिन र शरीरका अंगका अंग्रेजी नाम यति गलत लेखे कि अन्ततः उनी जागिरमैबाट निकालिनुपर्ने अवस्था आयो। भारतको छत्तीसगढ, बलरामपुरमा घटीएको घटनामा ती शिक्षकले Sunday लाई Sanday, Wednesday लाई Wensday र Nose, Ear, Eyes जस्ता सामान्य शब्दहरू समेत गलत रूपमा लेखेका छन्।

विद्यालयमा ४२ विद्यार्थी भए पनि शिक्षक दुई जना मात्र रहेकाले समस्या अझ गम्भीर देखिएको छ। गाउँलेहरूले एक शिक्षक कक्षामा रक्सी पिएर सुत्ने र अर्काले यस्तो गलत अंग्रेजी पढाउने गरेको आरोप लगाएका छन्। विद्यार्थीहरू ती नै गलत शब्द कण्ठ गरिरहेको देखिएपछि भिडियो सामाजिक सञ्जालमा भाइरल भयो।

अभिभावक र गाउँलेहरूको गुनासोपछि जिल्ला शिक्षा अधिकारीले तत्कालै सम्बन्धित शिक्षकलाई निलम्बन गरेका छन्। धेरैले घटनाले सरकारी विद्यालयहरूको वास्तविक अवस्था र बालबालिकाको भविष्यप्रति हुनसक्ने जोखिम उजागर गरेको टिप्पणी गरेका छन्।

प्रकाशित मिति : २०८२ मङ्सिर ३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस