२०८३ असार २७ गते शनिवार | 2026 July 11th Saturday

एमाले महाधिवेशन : पोखरेल पक्षले ओली समूहलाई कु`टेपछि बबाल

काठमाडौं । नेकपा (एमाले) को ११औं महाधिवेशनका लागि प्रतिनिधि चयन प्रक्रियामा विराटनगर तनावग्रस्त बनेको छ। अध्यक्ष केपी शर्मा ओली पक्ष र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षबीच मतदाताको विवादले सुरुवात भएको झडप कुटाकुटमा परिणत भएको हो।

पार्टी कार्यालय पाञ्चालीमा मतदानस्थल बाहिर ओलीसमर्थक नेता परशुराम बस्नेतमाथि पोखरेल निकट समूहले हातपात गरेको प्रहरीले जनाएको छ। विवाद त्यतिबेला सुरु भयो जब स्थानीय नेता भानुभक्त पाठक एकै व्यक्तिलाई बारम्बार मतदान गर्न लगाइरहेको आशंकामा संस्थापन पक्षले आपत्ति जनाए।

विनोद ढकाल नेतृत्व गरेको इतर समूहका कार्यकर्ताले बस्नेतमाथि आक्रमण गरेको बताइएको छ। घटनापछि मतदानस्थलमा तनाव फेरि चर्किएको छ।

प्रकाशित मिति : २०८२ मङ्सिर १४ गते शनिवार
प्रतिक्रिया दिनुहोस