२०८३ असोज २२ गते बिहिवार | 2026 October 8th Thursday

यो देशमा सडक सरसफाइ गर्नेको तलब झण्डै २ लाख, इन्जिनियरभन्दा बढी भएपछि जानेको भीड

काठमाडौं। विदेशमा राम्रो आम्दानीको खोजीमा रहेका युवाहरूका लागि रूस नयाँ गन्तव्य बन्दै गएको छ। अमेरिकामा इन्जिनियरका रूपमा स्थापित हुने सपना देखिरहेका भारतीय युवामध्ये केहीले अहिले रूसमा सरसफाइ कर्मचारीको रूपमा काम रोजेका छन्, कारण एउटै छ-आकर्षक तलब।

२६ वर्षीय मुकेश मण्डल त्यस्तै एक उदाहरण हुन्। भारतमा सफ्टवेयर विकासकर्ताका रूपमा काम गरिरहेका मुकेश चार महिना अघि रूस पुगेका हुन्। उनी अहिले सेन्ट पिटर्सबर्गमा सडक सरसफाइ गर्ने काम गर्छन् र मासिक करिब एक लाख १० हजार भारतीय रुपैयाँ (एक लाख ७६ हजारभन्दा धेरै नेपाली रुपैयाँ) बराबर तलब पाउँछन्, जुन भारतमा इन्जिनियर हुँदा पाउने आम्दानीभन्दा बढी हो।

यस वर्ष मात्रै १७ जना भारतीय कामदार सेन्ट पिटर्सबर्ग पुगेका छन्। उनीहरू १९ देखि ४३ वर्ष उमेर समूहका छन् र सबै सरसफाइ तथा सडक मर्मतसम्बन्धी काममा संलग्न छन्। कोलोम्याजकोये नामक सडक मर्मत कम्पनीले उनीहरूको कागजी प्रक्रिया, आवास र दैनिक आवश्यकताको खर्च बेहोर्दै आएको छ।

मुकेश भन्छन्, काम सानो ठूलो हुँदैन, महत्त्वपूर्ण भनेको इमानदार आम्दानी हो। केही वर्ष विदेशमा काम गरेर पैसा कमाउने र त्यसपछि भारत फर्कने उनको योजना छ।

प्रकाशित मिति : २०८२ पुष १० गते बिहिवार
प्रतिक्रिया दिनुहोस