
काठमाडौं- महिनावारीको समयमा शरीर कमजोर र थकित महसुस हुन सक्छ। यस समयमा सही खानपानले ऊर्जा बढाउँछ र स्वास्थ्य सुधार गर्छ। गलत खानपानले महिनावारीको पीडा र असुविधा बढाउन सक्छ।
के खाने:
-
हरियो सागसब्जी: आइरन र म्याग्नेसियमले रक्तअल्पता र मांसपेशी दुखाइ कम गर्छ।
-
फलफूल: स्याउ, केरा जस्ता फलफूलमा भिटामिन र फाइबर हुन्छ, जसले ऊर्जा दिन्छ र थकान कम गर्छ।
-
ओखर/बदाम: प्रोटिन र म्याग्नेसियमले मूड सुधार्छ।
-
दाल/गेडागुडी: प्रोटिन र आइरनले कमजोरी हटाउँछ, रसले दुखाइ कम गर्छ र शरीरलाई हाइड्रेट राख्छ।
के नखाने:
-
फास्ट फूड: ट्रान्स फ्याट, अत्यधिक नुन र प्रशोधित तत्वले पाठेघरको दुखाइ बढाउँछ।
-
अत्यधिक क्याफिन: कफी, चिया, एनर्जी ड्रिङ्क्सले स्नायु प्रणाली उत्तेजित पारेर मांसपेशी संकुचन बढाउँछ। यसले रक्तसञ्चार कम गरी पीडा बढाउँछ।
-
मसालेदार खाना: अत्यधिक मसालेले पेटमा पोल्न सक्छ र पाठेघरको मांसपेशी संकुचन तीव्र बनाउँछ।
सही खानपान अपनाएर महिनावारीको पीडा कम गर्न र ऊर्जा कायम राख्न सकिन्छ।