प्रकाश काफ्ले/काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आज भारत प्रस्थान गर्न तयारीमा छन्। उनका सचिवालयका अनुसार उनी नयाँदिल्लीमा आयोजना हुने ‘एनएक्सटी २०२६’ ग्लोबल समिट मा सहभागी हुने कार्यक्रम छ ।
समिट मार्च १२, १३ र १४ मा नयाँदिल्लीस्थित भारत मण्डपममा हुनेछ। यस कार्यक्रममा भट्टराई ‘गेस्ट अफ अनर’ को रूपमा सहभागी हुनेछन्।
आयोजकका अनुसार, समिटमा विश्वभरिका नीति–निर्माता, सांसद, प्रविधि विज्ञ, व्यवसायी र शिक्षाविद् हरूको सहभागिता रहनेछ। शासन, प्रविधि, अर्थतन्त्र, शिक्षा, सुरक्षा, स्वास्थ्य, वातावरण र अन्तर्राष्ट्रिय सम्बन्ध जस्ता समसामयिक विषयमा छलफल हुने कार्यक्रम रहेको छ।
यस सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि सहभागी हुनेछन्। विभिन्न देशका प्रतिनिधि, युवा नेताहरू र विशेषज्ञहरूको सक्रिय सहभागिताले समिटलाई वैश्विक बहस र सहकार्यको महत्वपूर्ण मञ्च बनाएको छ।
समिटको मार्च १४ को सत्रमा भट्टराईले ‘डेमोक्रेसी इन द एज अफ एआई: डिजिटल गभर्नेन्स एण्ड द युथ’ शीर्षकमा प्रस्तुति दिने कार्यक्रम रहेको छ। उनी त्यही दिन स्वदेश फर्कने छन्।

