२०८२ कार्तिक १७ गते आइतवार | 2025 November 2nd Sunday

बाख्राले मानिस ( घरको मालिक ) जस्तै बच्चा जन्माएपछि…

काठमाडौं । गाई वा भैंसीले कहिलेकाहीँ सामान्य बाछाभन्दा फरक बच्चा जन्माउने गरेको सुनिन्छ ।

पछिल्लो समय यस्तै एउटा घटना निकै चर्चामा छ । भारत, आसामको कछार जिल्लामा एउटा बाख्राले मानिसजस्तै बच्चा जन्माएपछि स्थानीय चकित भएका छन् ।

तर, यो पाठो धेरै दिन बाँच्न सकेन र मृत्यु भयो । वास्तवमा यो घटना आसामको कछार जिल्लाको हो । आजतकको अनलाइन रिपोर्टका अनुसार यो घना त्यहाँस्थित धौलाई विधानसभा क्षेत्रको गंगा नगर गाउँको हो ।

त्यहाँ बस्ने एक व्यक्तिको घरपालुवा बाख्राले अनौठो पाठो जन्माउदा सबै छक्क परेका हुन् । कतिपय मानिसहरु डरले भाग्न पनि लागेका थिए, किनभने त्यसको रूप मानिसको जस्तै थियो ।

रोचक कुरा के भने त्यसको रंग पनि अनौठो थियो । उक्त बाख्राको पाठोका मान्छेका जस्तै दुई खुट्टा र दुई कान थिए । बाख्राको बच्चाको आँखा पनि मान्छेको जस्तै देखिन्थ्यो ।

उसको शरीरको संरचना निकै अनौठो थियो । बाख्राले अनौठो पाठो जन्माएपछि सबै चकित परेको बाख्राका मालिकले बताएका छन् ।

पाठोको पुरै अनुहार मान्छेको बच्चाको जस्तै थियो । पुच्छर पनि थिएन । जानकारी अनुसार यो बाख्राको पाठोको केही समयमै मृत्यु भएको थियो । यो घटनाबारे वरपरका मानिसहरूले थाहा पाएपछि त्यहाँ भीड लाग्यो ।

त्यसका धेरै तस्विरहरु सामाजिक सञ्जालमा भाइरल पनि भएका छन् । बाख्राको पाठो पूर्ण विकसित नभएको बताइएको छ । मृत्युपछि स्थानीयले गाडेका छन् ।

आजका चर्चित पोष्टहरु पढ्न छुटाउनुभयो की ?

प्रकाशित मिति : २०७८ पुष १७ गते शनिवार