२०८२ कार्तिक १७ गते आइतवार | 2025 November 2nd Sunday

मास्क नलगाएकोमा बृद्धलाई विमानभित्र थप्पड लगाइन, रोचक त तब भयो उनीसँग नै मास्क थिएन !

काठमाडौं । विश्वमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनले सबैको चिन्ता बढाइरहेको छ ।

मानिसहरूलाई फेरि एक पटक मास्क लगाउन र सामाजिक दूरी पालना गर्न आग्रह गरिन्छ । अहिले यही बीचमा डेल्टा उडानको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको हो ।

भिडियोमा एक महिला यात्रुले वृद्धसँग दुर्व्यवहार गरेको देखिएको छ । एक वृद्ध व्यक्तिले मास्क नलगाएको भन्दै महिला यात्रु यति धेरै रिसाइन् कि उनले वृद्धलाई थप्पडसम्म हान्न पुगिन् ।

यति मात्र होइन, महिलाले ती पुरुषको मुखमा थुकेको पनि देखिन्छ । ध्यान दिनु पर्ने कुरा के छ भने यो सबै हल्लाको बीचमा महिला स्वयम् पनि मास्क लगाएकी छैनन् ।

यद्यपी यस क्रममा विमानमा उपस्थित चालक दलका सदस्यले महिलालाई रोक्न खोजे तर उनी मानिनन् । जानकारी अनुसार २३ डिसेम्बरको यो घटना ताम्पाबाट एटलान्टाको डेल्टा उडानमा भएको हो ।

भिडियोमा देखिएकी महिला ५१ वर्षीया प्याट्रिसिया कोर्नवाल हुन् । उडानमा प्याट्रिसिया बाथरुमबाट आफ्नो सिटमा बस्न लागेकी थिइन् ।

तब उनले मास्क नलगाई बसेका एक जना वृद्धलाई देखेर भड्किइन् । त्यो घटनापछि प्रहरीले महिलालाई पक्राउ गरी कारबाही गरेको जानकारी गराइएको छ ।

आजका चर्चित पोष्टहरु पढ्न छुटाउनुभयो की ?

प्रकाशित मिति : २०७८ पुष १७ गते शनिवार