२०८२ कार्तिक १६ गते शनिवार | 2025 November 1st Saturday

‘हट्यो लाइसेन्स पाउने झमेला, अब यसरी सजिलै पाइनेछ स्मार्ट लाइसेन्स’

काठमाडौ । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्राप्त गर्ने झमेला अन्त्य भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले आगामी दुई महिनाभित्र ट्रायल पास गरेकै दिन सवारी चालकलाई स्मार्ट लाइसेन्स दिने प्रतिवद्धता जनाएसँगै अब बर्षौ कुर्नुपर्ने युगको अन्त्य भएको छ ।

मन्त्रालयका सचिव रवीन्द्रमान श्रेष्ठले प्रतिनिधिसभाको अर्थ समितिमा सोमबार आयोजित छलफलमा दुई महिनाभित्र स्मार्ट लाइसेन्स वितरणको प्रतिवद्धता जनाउनुभएको हो ।

‘अबको दुई महिनाभित्र स्मार्ट कार्ड लाइसेन्स वितरणमा कुनै पनि समस्या हुँदैन,’ उहाँले भन्नुभयो, ‘आज ट्रायल पास गर्‍यो भने सोही दिनमा लाइसेन्स प्राप्त हुने गरी व्यवस्थापन हुँदैछ ।’

अहिले दैनिक ७÷८ हजारको संख्यामा स्मार्ट लाइसेन्स कार्ड छपाइ भइरहेको समेत उहाँले जानकारी दिनुभयो ।

अब प्रिन्टर हामीसँग नै छ । पर्खिनुपर्ने बाध्यता छैन । तर विगतका पुराना धेरै रहेकाले ती दुई महिनाभित्र छपाई सकिनेछ ।

त्यसपछि त्यो दिनको सोही दिन छापेर दिनसकिने अवस्था आउँछ । हामी त्यो गर्दैछौ उहाँको भनाई थियो ।

आजका चर्चित पोष्टहरु लिंक मा क्लिक गरेर पढ्न सक्नुहुनेछ ।

प्रकाशित मिति : २०७८ पुष १९ गते सोमवार