काठमाडौं । फेसबुकमा एचटीपी खबरका एक प्रस्तोताको प्रस्तुती अहिले भाइरल भइरहेको छ ।
उहाँले ठूलो साहास गरेर नेपालको भूमी कब्जा गर्ने भारतीय सुरक्षा बल कै अगाडी क्यामेर लिएर गएर ठाडो भाषामा यो नेपालको भूमि कहिले छोड्छौ ? भन्नुभयो ।
हिन्दी भाषामा नै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई यो नेपाली भूमि हो कहिलो छोड्छौ ? भन्नुभयो । उहाँले आफ्नो जीवनकै जोखिमपूर्ण रिपोटिङ्ग भएको बताइरहनुभएको थियो ।
हुनपनि हो उहाँ क्यामेरा लिएर भारतीय सुरक्षा बलको चेक पोष्टमा पुग्दा त्यहाँ रहेका सरक्षाकर्मी भागेका थिए । त्यो नेपालको भूमिमा बनेको संरचना थियो ।

उक्त स्थान कोसी ब्यारेज रहेको सुनसरीको कटैया–भण्टाबारी नजिकै हो । त्यहाँ नेपाल भारतको सीमा गेटभन्दापनि निक्कै भित्र आएर भारतीय सुरक्षा फौजले ४ महिना अघि मात्र चेक पोष्ट बनाएको छ ।
आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।
- एकै परिवारका ९ जनाको सामूहिक आत्महत्याको घटनाले लियो नयाँ मोड
- तीन बर्षसम्म बलात्कार गरेको भन्दै बीमा कम्पनीकी म्यानेजरले दिइन् सहकर्मी विरुद्ध उजुरी
- युवतीका कारण भारत बर्बाद : हनी ट्र्यापमा फसेर इन्जिनियरले मिसाइलहरूको डाटा लीक गरे
- क्यान्सरसँग लडिरहेकी मिस इण्डिया अभिनेत्री महिमा चौधरीको अनुहारबाट ६७ सिसाका टुक्रा हटाइयो
- आँप खानेबित्तिकै यी खाने कुरा भुलेरपनि नखानुहोस् : डाक्टर भन्छन् विष समान हुन्छ
- शारीरिक सम्पर्कमा महिलामा देखिन्छ यी १० परिवर्तन, तर उनीहरुलाई नै थाहा हुँदैन
- वरिष्ठ डाक्टरले छोरीहरुको महिनावारी १०–१२ बर्षमै हुन्छ विवाह योग्य उमेर ११ बर्ष तोकौ भनेपछि…
- अमेरिकामा अचानक आयो बादलको सुनामी, मानिसहरुलाई अब बाँचिन्छ भन्ने लागेन [ भिडियोसहित ]
- क्याप्टेन मोनिकाको बहादुरी र सीपले १९१ यात्रुको ज्यान बच्यो, विश्वभर प्रशंसा
- डाक्टरको एउटै परिवारका ९ जनाको लाश फेला, कसरी भयो यो नरसंहार !
- विज्ञानको अहिलेसम्मकै ठूलो चमत्कार : मृत्युपछि फेरी बचाउँने प्रविधि आयो
तर नेपाली निकाय यसलाई रमिता मानेर हेरिरहेको छ । यति मात्र हैन । त्यही चेक पोष्ट अगाडी नेपालको पूर्व–पश्चिम राजमार्ग छ । त्यसलाई भारतीय भूमि भनेर भारतले गुगल नक्सामा समावेश गराएको छ ।
यता कोसी ब्यारेजको केही भाग समेत भारतको भनेर गुगल नक्सामा भारतले देखाएको छ । त्यहाँ बनेको कोसी ब्यारेजमा ५६ ढाका छन् । त्यो ढोका कहिले खोल्ने, कहिले बन्द गर्ने भन्ने अधिकार नेपालसँग छैन । त्यसको चाबी नै भारतको हातमा छ ।
जतिसुकै ठूलो बाढी आएर नेपाली भूमि डुवाउन लागेपनि त्यसको चाबी भारतसँग मात्र भएकाले उसले नखोलेका उदाहरण कयौँ छन् । त्यहाँ भारतीय फौजले सुरक्षा पहरा दिएको छ ।
यहाँ मात्र हैन अहिले यसैगरी भारतले सुनसरीका कटैया–भण्टाबारी, हरिनगरिया–शिवगन्ज साहेबगन्ज, पकरिया–झुमवा, भीमनगर मौजामा भूमि कब्जा गरेको छ । सीमावर्ती नेपाली भूमिमा भारतले ६६८ ठाउँमा कब्जा गरेको तथ्य छ ।
स्रोतबाट प्राप्त विवरणअनुसार इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, रूपन्देही, बर्दिया र कञ्चनपुर गरी १५ जिल्लाका जमिन भारतीयको भोगचलनमा छ ।
इलाममा १४ ठाउँ, झापामा ४०, मोरङमा १८, सुनसरीमा २४, सप्तरीमा ११, सिरहामा २९, धनुषामा ३९, महोत्तरीमा २५, सर्लाहीमा १ सय २, रौतहटमा ६, बारामा ११, पर्सामा ३ सय २६, रूपन्देही, बाँके र दार्चुलामा १–१, बर्दियामा ९ र कञ्चनपुरमा ११ स्थान गरी ६ सय ६८ ठाउँमा भारतीयको बलमिचाइँ छ ।
यसैगरी चितवन, दार्चुला र पश्चिम नवलपरासीमा १र१ गरी ३ ठाउँ, कपिलवस्तुमा ३, कञ्चनपुरमा ७ र कैलालीका २ गरी १५ स्थानमा भारतीय अतिक्रमण छ ।
दार्चुलाको कालापानी र पश्चिम नवलपरासीको सुस्तासहित ६ जिल्लाका १५ स्थानमा नेपालीभूमि भारतीय अतिक्रमणमा परेको छ ।
यी जिल्लामा भारतीयले नेपालमा आएर र नेपाली भारतमा गएर भोगचलन गरिरहेको जग्गाजमिनलाई ‘क्रस बोर्डर अकुपेसन’ का रूपमा व्याख्या गर्दै दुवै देशको सहमतिमा समस्या समाधान गर्ने भनिएको थियो ।
तर अहिलेसम्म यसको टुंगो लागेको छैन । नेपालीभूमिमा भोगचलन र निर्बाध अड्डा जमाएर बसेका भारतीय नागरिक र सरकारी निकाय नाका बन्द हुँदा वा कडाइ गरिँदा आक्रमण र दुर्व्यवहारमा उत्रिएका थिए ।
यसबाहेक सुस्ता र कालापानीसहित ६ जिल्लाका १५ स्थानको नेपालीभूमि भारतले अतिक्रमण गरी सुरक्षा फौज राख्दै आएको छ । बर्सात्मा यही भूमिमा आएर भारतले अनधिकृत रूपमा संरचना बनाएर पानीको प्राकृतिक बहाव रोक्दा हरेक वर्ष बाढी र डुबानको समस्या खेप्नुपर्छ ।
सीमासम्बन्धी अन्तर्राष्ट्रिय सन्धिसम्झौता र दुई देशबीच भएका सहमतिअनुसार दुवै देशको स्वीकृतिबेगर एकतर्फी रूपमा सीमा क्षेत्रमा संरचना बनाउनै पाइँदैन । बनाउनै परे अर्को देशको स्वीकृति र अनुमति अनिवार्य हुन्छ । तर भारतले त्यसलाई पनि बेवास्ता गर्ने गरेको छ ।
सबैको जानकारीको सेयर गर्नुहोस !!

