२०८२ मङ्सिर २० गते शुक्रवार | 2025 December 5th Friday

चितवनमा आमाले बिक्रि गरेकी छोरी भारत कटाइयो, बच्चा एक्लै नछोड्नुस् यसरी भारतबाट किन्न आउँछन्

काठमाडौं । 'चितवनमा एक नेपाली छोरी बिक्रि भएको खुल्न आएको छ । 'चितवनको देवघाटमा बस्ने एक महिलाले आफ्नी सात बर्षकी छोरी पैसामा बिक्रि गरेको खुल्न आएको हो ।,

'उनले बिक्रि गरेकी छोरीलाई अहिले भारतको सीमा कटाएको पुष्टि भएको छ । पोखराकी सामाजिक अभियान्ता गिविना मगरले यो कुराको खुलासा टिकटकबाट गरिरहनुभएको छ ।,

'भारत लगेर बेच्ने महिला र आमाको भिडियो ठेगानासहित प्रहरीसँग साहारा माग्दा समेत प्रहरीले समेत कुरा नसुनेको उहाँको गुनासो छ । उहाँले हिँजोदेखि टिकटकमा लगातार लाईभमा यो कुराको खुलासा गरिरहनुभएको छ । तर प्रहरीले अहिलेसम्म कुनै एक्शन लिएको छैन ।,

'गिविना मगर सामाजिक सेवामा सक्रिय हुनुहुन्छ । उहाँले अधिकांशलाई साथ र सहयोग दिइरहनुभएको छ । उहाँले देवघाटमा मागेर बस्ने एक महिलाले आफ्नै छोरी बेचेको थाहा पाएपछि उहाँ देवघाट सम्म पुग्नुभएको थियो ।,

'उक्त महिलाको वास्तविक नाम नभएपनि काली आमा भनेर चिनिने उहाँले बताउनुभएको छ । यतिमात्र हैन, उक्त बालिकालाई मेरी छोरी हो, हामी भारत घुम्न गएको भन्दै अर्की एक महिला र अर्को व्यक्तिले नेपालसँगको भारतीय सीमा कटाएको खुल्न आएको छ ।,

'उहाँले छोरी बेच्न आमा र साथ दिने अरु सहयोगीको समेत भिडियो सार्वजनिक गर्नुभएको छ । तर अहिलेपनि प्रहरी र प्रशासनले उक्त महिलाहरुलाई खोजी गरेको छैन ।,

'बालिका उद्धारका लागि गतिलो प्रयास भएको देखिदैन । गिविना मगरले बालिकालाई भारत कटाएको आज ६ दिन भएको उल्लेख गर्नुभएको छ । उहाँले बालिकालाई कसैले आफ्नो किड्नी (मिर्गौला) फेर्ने शिकार बनाउँन पो लगेको हो की वा हर्मोन परिवर्तन गराउने सुई लगाएर वेश्याबृत्तिमा लगाउन लगेको पो हो की भनेर शंका व्यक्त गर्नुभएको छ ।,

आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।

'उहाँले आफूलाई यशुको भक्त भन्ने व्यक्तिहरुले भारत लगेर पाल्ने भन्दै रकम दिएर लगेको खुल्न आएको छ ।,

'उहाँले बारम्बार सहयोगको माग गरिरहनुभएको छ । यी हुन् छोरी बेच्ने आमा, यो तस्वीरमा हेर्नुहोस् र उहाँलाई केरकार गरेर प्रशासनले उद्धारका लागि कदम जतिसक्दो छिटो चालोस् ।,

[caption id="attachment_395427" align="alignnone" width="428"] हरियो साडीमा सामाजिक अभियान्ता गिविना मगर, साथमा बच्चा बिक्रि गर्ने आमा[/caption]

'बालिकालाई भारत कटाउँन मेरो बच्चा हो हामी भारत घुम्न गएको हो भन्दै भारतको सीमा कटाउँने महिला यी हुन् । चिनेर उनीहरुसँग केरकार गरेर जतिसक्दो छिटो बालिका फर्काउन प्रशासन र सामाजिक संस्थाहरुले पहल गरुन् ।,

[caption id="attachment_395428" align="alignnone" width="405"] बच्चा बिक्रि गर्न सहयोग गर्ने महिलाका साथमा केरकार गर्ने गिविना मगरका सहकर्मी[/caption]

'यो जानकारी सक्दो सेयर गर्नुहोला । गिविना मगरले बारम्बार आग्रह गरिरहनुभएको छ । साथै उहाँले ६ दिनसम्म प्रहरीले कुनै चासो नदिएका कारण प्रहरी समेत मिलोमतोमा हो की भन्ने आशंका गर्नुभएको छ । उहाँले दवावका लागि सक्दो सेयरको माग गर्नुभएको छ ।,

'उक्त आमासँग कयौँले आफूलाई छोरी पाल्नदिन माग्दा समेत नदिएको तर भारतीयलाई दिएको भएकाले रकमको प्रलोभनमा नै परेको दावी गर्नुभएको छ । कयौँ कोख खाली भएका आमा बाबुहरु यो भिडियो हेरेर रोइरहेका छन् ।

'उहाँले लाईभमा नै भारतबाट विभिन्न प्रलोभन देखाएर बच्चा किन्न र लिन नेपाल आउँने गरेकोपनि खुलासा गर्नुभएको छ । केही दिन अघिपनि चितवनमा त्यस्ता समूह आएको त्यहाँका स्थानीयले आफूलाई भनेको बताउनुभएको छ । केही बच्चाहरु त हराई रहेको उहाँको भनाई छ । आफ्नो बच्चा कसैले लिन खोजेमा पशुले त हस्तक्षप गर्छ मानिसले जस्तोसुकै दु:ख परेपनि अरुलाई नदिन उहाँले आग्रह गर्नुभएको छ । बच्चाहरु एक्लै कतै नछोड्नपनि उहाँको अपिल छ । , यहाँ भिडियो समेत हेर्नुहोस् ।,

https://youtube.com/shorts/zeJSz72GS-A?feature=share

प्रकाशित मिति : २०७९ असार ९ गते बिहिवार