काठमाडौं । एकै परिवारका ९ जनाको आत्महत्या गरेको घटनामा नयाँ मोड देखिएको छ ।

भारत, महाराष्ट्रको सांगली जिल्लामा एकै परिवारका ९ जनाको आत्महत्याको घटनाले भारतसहित विश्वलाई नै स्तब्ध बनाएको छ ।

यस घटनामा संलग्न भएको आशंकामा प्रहरीले प्रारम्भिक अनुसन्धानपछि २५ जनालाई नियन्त्रणमा लिएको छ भने १३ जनालाई पनि पक्राउ गरेको छ । घटना सांगली केम्हैसाल गाउँको हो ।

भ्यानमोर भाइहरू ऋणको भारी बोझमा डुबेको र पैसा फिर्ता गर्न निकै दबाबमा रहेको अनुसन्धानले देखाएको छ । प्रहरीले पक्राउ गरेका सबै साहू हुन् ।

उनीहरुलाई परमानिक भनमोर र उनका भाइ पोपट भानमोरको परिवारलाई आत्महत्या गर्न दुरुत्साहन गरेको, अवैध रूपमा पैसा र ब्याज उठाएको आरोप छ । डा. माणिक भनमोर र उनका भाइ पोपट भनमोरले यी साहूकारहरूबाट व्यापार गर्न ठूलो रकम ऋण लिएको अनुसन्धानबाट खुलेको छ ।

पैसा फिर्ता गर्न दुवै दाजुभाइलाई साहूकारले दबाब दिँदै केही दिनअघि यातनासमेत दिएका थिए । त्यही बेइज्जतीबाट दुःखी भएर दुवै दाजुभाइले परिवारसहित आत्महत्या अँगालेको आशंका गरिएको छ ।

प्रहरीले मृतकको परिवारबाट बरामद गरेको सुसाइड नोटमा यी सबै आरोपी साहुको नाम लेखिएको थियो । सोही आधारमा प्रहरीले १३ जनालाई पक्राउ गरेको हो । २५ जनालाई नियन्त्रणमा लिएको छ । डा. माणिक भनमोर र उनका भाइ पोपट भनमोरका आफन्त गोविन्द कुराडेले भने, ‘म यहाँबाट गत महिना मात्रै गएको थिएँ, त्यतिन्जेल सबै ठीकठाक थियो ।

आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।

पूरै परिवारले किन आत्महत्या गर्यो, यो प्रश्नले मलाई पनि सताइरहेको छ । आडाटे नामका व्यक्ति घरमा आएर सरकारी अनुदानबाट जेसीबी दिलाउने वाचा गरेका थिए । त्यसका लागि माणिकले पैसा पनि दिए ।’

यता मृतक माणिक भनमोरका छिमेकी शुभमले परिवारका सबैको स्वभाव निकै राम्रो रहेको बताउँछन् । कहिल्यै माणिकको परिवार कसैको पनि झगडा भएको थिएन् । घटनाको बारेमा थाहा पाएदेखि सिंगो गाउँ नै स्तब्ध भएको छ । यो सामूहिक आत्महत्या प्रकरणलाई लिएर गाउँका जनताले अर्कै तर्क पनि दिइरहेका छन् ।

भनमोर दाजुभाइले चामल तान्ने धातुको कारोबारको कुरा गर्ने गरेको म्हैसाल गाउँका बासिन्दा बताउँछन् । दुवै दाजुभाइले कुनै विदेशी कम्पनीबाट भारु ३ हजार करोड रुपैयाँ लिन लागेको सुनिएको थियो, जसकारण उनीहरूले साहूकारबाट ठूलो ऋण लिएँ ।

सांगलीका एसपी दीक्षित गेडामले गाउँमा चलिरहेको अड्कलबाजी मात्रै भएको भन्दै कसैले पनि यसको पुष्टि गर्न नसकेको जानकारी दिएका छन् ।

दुवै दाजुभाइ धान तान्ने जादुई धातुको कारोबारमा संलग्न भएको गाउँमा सामान्य चर्चा छ । एउटा गिरोहले भानमोर भाइहरूलाई ‘राइस पुलर’ धातु भेटिएमा ठूलो नाफा कमाउने वाचा गरेको थियो । त्यस्तो कारोबारका लागि ऋण लिन दुई दाजुभाइ गिरोहको चपेटामा परेपछि ऋणदाताले दुव्र्यवहार गर्न थालेको आरोप छ ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु