काठमाडौं । अहिले नेपालमा विवाह योग्य उमेर कति ? भनेर प्रश्न उठिरहेको छ ।
केही शारीरिक वृद्धिमा रुपान्तरण भएका कारण विवाह योग्य उमेर घटनाउन प्रतिनिधि सभासम्म नै कुरा उठिसकेको छ ।
सांसदहरुको प्रश्नमा सरकारले विवाह योग्य उमेर घटाउन आँटेको जानकारी समेत दिइसकेको छ । कानून मन्त्री गोविन्द प्रसाद शर्मा (कोइराला) ले संसदको रोष्टमबाटै विवाह योग्य उमेर घटाउन आँटेको जानकारी दिनुभएको छ ।
अहिले नेपालमा विवाह योग्य उमेर भनेर २० बर्ष तोकिएको छ । २० बर्ष अघि विवाह गरे बालविवाहको कानून अनुसार कसूर ठहर्छ ।
यही बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता, स्वास्थ्य सेवा विभागको निर्देशक समेत भइसक्नुभएको प्राध्यापक डाक्टर जागेश्वर गौतमले एक विवादास्पद पोष्ट गर्नुभएको छ ।
आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।
- यी ३० खानेकुरा खाएपछि यस्ता खानेकुरा भुलेरपनि खानु हुँदैन, कि ज्यानै लिन्छ कि विष बनेर घातक
- दुई महिना न्यायाधीशको कुर्सीमा बसेर फैसला सुनाउने भारतको सबैभन्दा ठूलो मस्तिष्क चोर
- अष्ट्रेलियामा नेपाली यौन व्यवसायमा संलग्न
- बीबीसीले नेपाललाई पनि भारतको राज्य भनेपछि…
- १० पास महिलाले खेतलाई बनाइन् दुनियाँको आकर्षक केन्द्र : लाखौं कमाइ गुगलले समेत तारिफ गर्यो
- यसरी सुत्न नजान्दा हृदयघात र सुगर, प्रेसर : मुटुरोग विशेषज्ञ डा. भगवान कोईराला
- विज्ञानको अहिलेसम्मकै ठूलो चमत्कार : मृत्युपछि फेरी बचाउँने प्रविधि आयो
- श्रीमान् र श्रीमतीको ब्लड ग्रुप एउटै भएमा के हुन्छ ? कस्तो ग्रुपमा बच्चा जन्माउन मुस्किल ?
- क्याप्टेन मोनिकाको बहादुरी र सीपले १९१ यात्रुको ज्यान बच्यो, विश्वभर प्रशंसा
- डाक्टरको एउटै परिवारका ९ जनाको लाश फेला, कसरी भयो यो नरसंहार !
- युवतीका कारण भारत बर्बाद : हनी ट्र्यापमा फसेर इन्जिनियरले मिसाइलहरूको डाटा लीक गरे
उहाँको लेखाई व्यांग्य हो जस्तो देखिन्छ । तर यो प्रोफाईलका व्यक्तिले त्यसरी व्यांग्य नगरेको भए हुने भन्ने बहस चलिरहेको छ । उहाँले आजकल छोरीहरुको महिनावारी १०–१२ बर्षमै हुन्छ, महिनावारीपछि बच्चा पनि पाउन सक्दछन ।
त्यसकारण विवाह योग्य उमेर ११ बर्ष तोकौ सरकार । बाल विवाह निर्मुल हुन्छ, नेपालले गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा स्थान प्राप्त गर्छ । अपराधका घटना पनि बिरलै भेटिन्छन कि कसो ?
आजकल छोरीहरुको महिनावारी १०-१२ बर्षमै हुन्छ, महिनावारी पछि बच्चा पनि पाउन सक्दछन, त्यसकारण बिबाह योग्य उमेर ११ बर्ष तोकौ सरकार! बाल बिबाह निर्मुल हुन्छ, नेपालले गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा स्थान प्राप्त गर्छ। अपराधका घटना पनि बिरलै भेटिन्छन कि कसो?
— Prof Dr Jageshwor Gautam (@gautamjageshwor) June 21, 2022
भनेर लेख्नुभएको छ । एक पंक्तिले यो सरकारलाई व्यांग्य हो भन्ने प्रष्ट देखिन्छ । तर ठ्याक्कै व्यांग्य जस्तो नबुझि सुझाव जस्तो बुझ्नेहरुले भने खुबै आलोचना गरिरहेका छन् ।
सबैको जानकारीको सेयर गर्नुहोस !!