काठमाडौं । एक दर्दनाक मृत्युको घटना सार्वजनिक भएको छ । भारत, राजस्थान, जयपुरको द्रव्यवती नदीमा शनिबार साँझ आणविक ऊर्जा एजेन्सी (एईएन) मा कार्यरत एक महिलाले पानीमा हाम फालेकी थिइन् ।

उनलाई बचाउन गएका कम्पाउण्डर श्रीमान २५ फिट गहिरो खोलामा हाम फालेँ ।

अत्याधिक पानी भएका कारण फसेर श्रीमान–श्रीमतीको नै मृत्यु भयो । प्रारम्भिक अनुसन्धानमा श्रीमतीलाई जयपुर सरुवा गर्न कसैलाई भेट्ने तयारीमा उनीहरु थिए । तर सोही विषयमा दुईबीच विवाद भयो ।

युवकका भाइ यादवेन्द्रले दुवैको शव द्रव्यवती नदीबाट निकालेका हुन् । भास्करले मृतकका भाइसँग कुरा गरेको छ ।

भाइ यादवेन्द्रका अनुसार शनिबार दिउँसो करिब २ः३० (स्थानीय समय) बजे तरुण (३२) को फोन आयो । मधु (२८) ले कुनै कारण नै नखुलाई मोबाइल र अन्य सामान घरमा छाडेर निस्किइन् ।

श्रीमती खोज्दै जाँदा तरुणले पनि घर छाडे । केही समयपछि तरुणले फेरि उनलाई फोन गरेर मधु द्रव्यवतीमा हाम फालेको कुरा बताए । थाहा पाएलगत्तै तरुण दौडेर घर नजिकै रहेको द्रव्यवती नदीमा पुगे र श्रीमतीलाई बचाउन २५ फिट गहिरो खोलामा हाम फाले ।

घटनास्थलमा पुगेपछि छिमेकबाट डोरी लिएर आफू पनि नदीमा कुदेको यादवेन्द्र बताउँछन् । नदीमा उनले पहिले भाउजु (मधु) लाई भेट्टाए, त्यसपछि दाई (तरुण) फेला परे । छिमेकीहरूको सहयोगमा करिब २० मिनेटको प्रयासपछि दुवैलाई बाहिर निकालियो ।

त्यसपछि घटनास्थल पुगेको प्रहरीले दुवैलाई तत्काल जयपुरिया अस्पताल लगेको थियो । तर अस्पताल पुर्याएपछि चिकित्सकले दम्पतीलाई मृत घोषणा गरे । गहिरो पानीमा फसेका कारण डुबेर दुवैको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।

द्रव्यवती नदीमा डुबेर मधुबाला र तरुण कुमारको निधन भएपछि १० महिनाकी छोरी अनाथ भएकी छिन् । एसएचओ महावीर सिंह राठोडले यसबारे जानकारी गराउनुभयो ।

मुधबाला सुरतगढ थर्मल पावर प्लान्टमा एईएन पदमा कार्यरत थिइन् । श्रीमान् तरुण कुमार पटना मेडिकल कलेज अस्पताल, बिहारमा स्टाफ नर्स ए–ग्रेड (कम्पाउण्डर) पदमा कार्यरत थिए ।

प्रहरीले दम्पतीको शव पोष्टमार्टमका लागि जयपुरिया अस्पतालको शवगृहमा राखेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानमा आपसी कलह उनीहरुको मृत्युको कारण बन्यो ।

श्रीमतीले आत्महत्या गर्न भनेर खोलामा हाम फालिन्, श्रीमतीलाई बचाउन खोज्दा श्रीमानको पनि मृत्यु भयो । तरुणका आमाबुवा र भाइ गणपति नगर शिप्रपथमा बस्छन् । जानकारी अनुसार उनीहरु दुवै ४ दिनअघि घर पनि आएका थिए ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु