काठमाडौं । नेकपा (एमाले) का नेता तत्कालिन नेपाल कम्युनिस्ट पार्टी विभाजनपछि कुनै दलमा नजानुभएका पूर्व उपप्रधानमन्त्री बामदेव गौतमले नयाँ पार्टी घोषणा गर्दै हुनुहुन्छ ।
उहाँले आजै पत्रकार सम्मेलन गरेर नयाँ दलको घोषणा गर्नु लाग्नुभएको हो ।
कम्युनिस्ट पार्टी एकताका लागि भन्दै गौतमले अभियानको रुपमा सञ्चालन गर्दै आउँनुभएको थियो । तर अब नेकपा फेरी नबन्ने संकेत देखिएपछि दल नै दर्ता गरे अघि बढ्ने तयारी गौतमको रहेको बताइएको छ ।
आज दिउँसो ३ बजे घोषणा हुने पार्टीमा एमाले फुटेर नेकपा एस बन्दा त्यतापनि नगएका र एमालेमा नैपनि रहन नसकेका अन्य व्यक्तिहरु समेत सामेल हुँदैछन् ।

निर्वाचन आयोगमा दर्ता भएका र नभएका ५ वटा दलसँग मिलेर उहाँले अभियान घोषणा गर्ने र त्यसलाई नै दलको रुपमा लैजाने योजना बनाउनुभएको छ ।
यसअघि माओवादी केन्द्र र एमालेको एकताका लागि अभियान घोषणा गर्नुभएका गौतमले केही विवादित व्यक्तिलाई समेत अभियानमा जोड्नुभएको छ ।
बामदेवको नयाँ दल नेकपा एकता राष्ट्रिय अभियान हुनेछ । र यसको संयोजक गौतम आफै रहनुभएको छ । पदाधिकारीमा भने डिवी कार्कीको नाम अगाडि छ ।
उहाँलाई महासचिव दिने तयारी रहेको स्रोतको दाबी छ । उक्त दलमा ६९ जना केन्द्रीय समिति घोषणा गरिने जनाइएको छ । प्रचार विभाग प्रमुखको जिम्मेवारी भने पूर्व पत्रकार निमकान्त पाण्डेले पाइसक्नुभएको छ ।
समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा राष्ट्रवादी पार्टीसँग उहाँको एकता भएको छ । त्यस्तै आम नेपाली पार्टी र स्वतन्त्र वामपन्थी समूह पनि उहाँसँगै छ ।
पदाधिकारीमा रहने डिवी कार्की पूर्व सांसद हुनुहुन्छ । वास्तविक नाम डोलबहादुर कार्की हो । उहाँ भ्रष्टाचार मुद्दामा जेल चलान भएका व्यक्ति हुनुहुन्छ ।
उहाँलाई प्रहरी अनुसन्धान केन्द्रीय ब्युरोले २०७६ भदौ १९ गते पक्राउ गरेको थियो । सर्वोच्च अदालतले उहाँलाई २०७६ असार १७ गते कैद सजाय र १ लाख रुपैयाँ जरिवाना तोकेको थियो ।
आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।
- पैसाका लागि गायिका सुनारको हत्या : प्रेमी सूर्यलाई पाँच दिन थुनामा राख्न अनुमति
- नेपालका यी शीर्ष ८ अभिनेत्री : नम्बर वानमा को छ ?
- यी ५ सरल तरिकाबाट सेक्स लाइफ बनाउँनुहोस् झनै फण्टासी
- चीनको बीआरआईलाई चुनौती दिन धनी राष्ट्रहरूले ६ सय अर्ब डलर परिचालन गर्ने
- अनौठो रुपमा नेपाल छिरेर भारत ल्याउँदै १३ नेपाली कुमारी बालिकालाई शिकार बनाएको दिनेश पक्राउ
- मंगल-राहुको संयोगले ३७ वर्षपछि बनेको अंगारक योग यी राशीका लागि बढ्दो कठिनाई
- काठमाडौंको आकाशेपुलः ‘एक रातको होइन, एक पटकको १५ सय ! जाने भए हाम्रैमा जाने हो’
- एक बर्षमा एमाले आजैबाट तीन टुक्रा, अझै चार चोईटा हुने सम्भावना
- कल्पना गर्न नसकिने क्रूरता : बन्धक बनाएर २ महिना १० दिन सामूहिक बलात्कार, रक्तस्रावले मृत्यु
- काठमाडौंको मुटु कोटेश्वरमा भयानक दुर्घटना
- आजको मौसम झनै डरलाग्दो : यी स्थानमा भारी वर्षा
वि.सं. २०६७ भदौ १४ गते राजकुमार राईलाई नेपाल प्रहरीको प्रहरी निरीक्षकको नोकरी लगाइदिने बहानामा रकम लिइ स्वामी ब्रम्हानन्द उदासीनले दुई लाख पाँच हजार रुपैयाँ र कार्कीले एक लाख रुपैयाँ लिएको आरोपमा विशेष अदालतमा मुद्दा दायर भएको थियो।
विशेष अदालतले भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत चार÷चार महीना कैद र बिगोबमोजिम एक÷एक लाख रुपैैयाँ जरिवाना हुने फैसला सुनाएको थियो।
प्रतिवादी डोलबहादुर कार्की तत्कालीन संविधानसभा तथा व्यवस्थापिका–संसदको सभासद भएकाले उक्त ऐनको दफा २४ बमोजिम थप दुई महीना कैद सजायसमेत थप गरी छ महीना कैद र एक लाख रुपैयाँ जरिवाना हुने ठहर गरेको फैसलालाई सर्वोच्च अदालतले सदर गरेको थियो। उक्त सजाय उहाँले भुक्तान गर्नुभएको छ ।
फौजदारी अभियोग लागेको व्यक्तिले सार्वजनिक पद धारण गर्न पाउँदैन । तर गौतमले महासचिव नै बनाउँनेगरी अघि ल्याउनुभएको छ ।
सबैको जानकारीको सेयर गर्नुहोस !!

