२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

प्रचण्ड ज्यूू छोरीको फोटो सेशनका लागि भारत भ्रमण होइन भन्ने बुझ्नुहोस्

काठमाडौं । चारदिने भारत भ्रमणमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल निरन्तर चर्चाको विषय बनिरहनु भएको छ । भारतीय राज्यमन्त्रीले स्वागत गरेको विषय यतिबेला चर्चामा रहेको छ ।

यसबीच प्रधानमन्त्री प्रचण्ड छोरी गंगा दाहालका कारण पनि विवादमा आउनु पर्यो । सामाजिक सञ्जालमा हरेक भेटमा गंगा साथमा देखिएपछि धेरैले प्रश्न गरिरहेका छन् । पत्रकार नरेश ज्ञवाली लेख्नुहुन्छ, ‘माफ गर्नुस प्रधानमन्त्री ज्यू, म तपाईंलाई चिन्छु किनभने तपाईं मेरो प्रधानमन्त्री हो । तर, म तपाईंकी जति नै प्रिय भएपनि छोरीलाई चिन्दिन ।

न उहाँ कुटनीतिज्ञ हो । न उहाँ अन्तर्राष्ट्रिय सम्बन्धको ज्ञाता हो । न उहाँको विशेषज्ञताको दायरामा राष्ट्रिय सुरक्षा पर्छ । न उहाँको राजनीतिक हैसित छ । उहाँ फगत तपाईंकी छोरी हो भन्दैमा मेरो देशको र परराष्ट्र मन्त्रालयको प्रतिनिधित्व उहाँले कसरी गर्नु हुन्छ ?’

उहाँले अगाडि लेख्नु भएको छ, ‘कतिसम्म भने प्रधानमन्त्रीले त्रिभुवन विमानस्थलबाट विदाईंमा हात हल्लाउँदा होस वा स्वागतमा विदेशी प्रतिनिधिसँग भेट्दा तपाईंको सचिवालय र पत्रकारलाई तपाईंकी छोरीलाई फ्रेम भन्दा बाहिर राख्न फोटो कम्पोजिसन नै फेर्नु परेको छ ।’ ज्ञवाली थप्नुहुन्छ, ‘छोरीको फोटो सेशनका लागि भारत भ्रमण गरिएको होइन भने सचेत हुनुस र कुटनीतिक चरित्र प्रदर्शन गर्नुस । म सामान्य नागरिकलाई थप दिगमिग नलागोस ।’

माफ गर्नुस प्रधानमन्त्री ज्यू,

म तपाईंलाई चिन्छु किनभने तपाईं मेरो प्रधानमन्त्री हो। तर, म तपाईंकी जति नै प्रिय भएपनि छोरीलाई चिन्दिन। न उहाँ कुटनीतिज्ञ हो। न उहाँ अन्तर्राष्ट्रिय सम्बन्धको ज्ञाता हो। न उहाँको विशेषज्ञताको दायरामा राष्ट्रिय सुरक्षा पर्छ। न उहाँको राजनीतिक हैसित छ। उहाँ फगत तपाईंकी छोरी हो भन्दैमा मेरो देशको र परराष्ट्र मन्त्रालयको प्रतिनिधित्व उहाँले कसरी गर्नु हुन्छ?

कतिसम्म भने प्रधानमन्त्रीले त्रिभुवन विमानस्थलबाट विदाईंमा हात हल्लाउँदा होस वा स्वागतमा विदेशी प्रतिनिधिसँग भेट्दा तपाईंको सचिवालय र पत्रकारलाई तपाईंकी छोरीलाई फ्रेम भन्दा बाहिर राख्न फोटो कम्पोजिसन नै फेर्नु परेको छ।

छोरीको फोटो सेशनका लागि भारत भ्रमण गरिएको होइन भने सचेत हुनुस र कुटनीतिक चरित्र प्रदर्शन गर्नुस। म सामान्य नागरिकलाई थप दिगमिग नलागोस।

प्रकाशित मिति : २०८० जेष्ठ १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस