२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सुनिता डंगोललाई कार्यवाहक दिएर बालेन शाह भारत यात्रामा

Balen Shah Sunita Dangol

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) भारत जानुभएको छ । उपप्रमुख सुनिता डंगोललाई कार्यवाहकको जिम्मेवारी दिएर शाह बिहीबार भारत जानुभएको हो । भारत जानुका कारणबारे भने उहाँले खुलाउनुभएको छैन ।

कामको सिलसिलामा काठमाडौं बाहिर जानुपरेकोले १८ जेठदेखि फर्केर नआउन्जेलसम्मका लागि कार्यवाहकको जिम्मेवारीमा रहेर कार्य गर्न मेयर शाहले डंगोललाई अख्तियारी दिनुभएको छ । स्रोतका अनुसार पत्नी सविना काफ्लेको उपचारका लागि मेयर शाह बैंगलोर जानुभएको बुझिन्छ ।

प्रकाशित मिति : २०८० जेष्ठ १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस