२०८१ जेष्ठ ८ गते मङ्गलवार | 2024 May 21st Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

भक्तपुरमा कार र स्कुटर ठोक्किंदा एक जनाको मृत्यु

१८ वैशाख, काठमाडौं । भक्तपुरमा कार र स्कुटर ठोक्किंदा एक जनाको मृत्यु भएको छ । सोमबार दिउँसो सूर्यविनायक नगरपालिका–५ सिर्जनानगरमा काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०१.०३०चं. ०९९५ नम्बरको कार र ७३प.२८३६ नम्बरको स्कुटर ठोक्किएर दुर्घटना भएको थियो ।

दुर्घटनामा घाइते भएका स्कुटर चालक रामेछाम लिखुतामाकोशीका २३ वर्षीय सुजन तामाङको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ । स्कुटर पछाडि बस्ने सोही ठाउँका २३ वर्षीय राज तामाङ घाइते भएका छन् । उनको मध्यपुर थिमि अस्पतालमा उपचार भइरहेको छ । कार चालक धरानका ३१ वर्षीय आशिष श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

प्रकाशित मिति : २०८१ बैशाख १८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस