काठमाडौं । बेलायतको लन्डनमा युनिभर्सिटी कलेज लन्डन (यूसीएल) मा पढ्ने २८ वर्षीय चिनियाँ विद्यार्थी झेन्हाओ झोउ १० महिलामाथि बलात्कार गरेको अभियोगमा दोषी ठहरिएका छन्। सन् २०१९ देखि २०२३ सम्म लन्डन र चीनमा उनले पीडितलाई लागूऔषध दिएर बलात्कार गरेको प्रहरीले जनाएको छ।
झेन्हाओले घटनाहरू रेकर्ड गरेर पीडितका सामान स्मृतिका रूपमा राखेका थिए। प्रहरीले १३०० भन्दा बढी भिडियो फेला पारेको र पीडितको संख्या ५० भन्दा बढी हुन सक्ने अनुमान गरेको छ। मार्च ५, २०२५ मा दोषी ठहरिएका उनलाई जुन १९, २०२५ मा सजाय सुनाइनेछ।
प्रकाशित मिति : २०८१ फाल्गुन २२ गते बिहिवार

