२०८३ साउन २९ गते शुक्रवार | 2026 August 14th Friday

विव्यस गठनको विवाद, प्रधानाध्यापकसहित तीन जना घाइते

काठमाडौं । दाङको घोराहीमा शुभप्रभात माध्यमिक विद्यालयको व्यवस्थापन समिति गठनको क्रममा विवाद उत्पन्न हुँदा विद्यालयका प्रधानाध्यापक रुद्र बुढासहित तीन जनामाथि कुटपिट भएको छ। फागुन ४ गतेदेखि रिक्त रहेको समिति गठनका लागि बुधबार तेस्रो पटक अभिभावक भेला बोलाइएको थियो।

भेला में गणपूरक संख्या नपुगेका कारण माइन्युट लेख्न नमान्दा विद्यालय प्रधानाध्यापक बुढासँगै नेकपा बहुमत निकट अखिल (क्रान्तिकारी) दाङ जिल्ला अध्यक्ष नरेन्द्र विक र विद्यार्थी नेता पवन विकमाथि कुटपिट भएको हो। प्रधानाध्यापक बुढाले १२३ जना मात्र उपस्थित भएका कारण आफूले चौथो भेला बोलाउन माग गर्दा कुटपिट भएको बताए। कुटपिटका कारण तीन जना घाइते भएका थिए।

वडाध्यक्ष भानसिंह बुढाले आफू उक्त भेलामा उपस्थित भए पनि कुटपिटमा संलग्न नभएको र गलत प्रचार भइरहेको दाबी गरेका छन्। जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता चक्रबहादुर शाहले दुवै पक्षसँग छलफलका लागि प्रयास भइरहेको जानकारी दिएका छन्।

प्रकाशित मिति : २०८१ फाल्गुन ३० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस