२०८३ असोज २४ गते शनिवार | 2026 October 10th Saturday

यी हुन् माइतीघरबाट पक्राउ परेका तीन जना (नामसहित)

काठमाडौं – माइतीघरमा प्रदर्शन गर्न खोजेको आरोपमा प्रहरीले डा. निकोलस भुसाल र एसपी साहलाई पक्राउ गरेको छ। यसअघि सञ्जि दाहाललाई पनि पक्राउ गरिएको थियो, जससँगै पक्राउ परेकाको संख्या तीन पुगेको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रदर्शनका लागि अनुमति नदिएको अवस्थामा उनीहरु माइतीघर पुगेको जानकारी जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले दिएका छन्।

जेन–जेडका विभिन्न समूहले माइतीघरमा प्रदर्शन गर्ने तयारी गरेको भनिए पनि प्रहरीले नयाँ बानेश्वर र माइतीघर क्षेत्रमा सुरक्षा कडा पारेको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको बाक्लो मात्रामा परिचालन गरिएको छ।

प्रकाशित मिति : २०८२ असोज २३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस