२०८३ भाद्र २३ गते मङ्गलवार | 2026 September 8th Tuesday

प्रदेश सरकारको ठूलो निर्णय : थपियो सार्वजनिक बिदा, अब मंगलबार पनि बिदा (सूचनासहित)

धनुषा। मधेस प्रदेश सरकारले छठपर्वको चौथो दिन अर्थात् कात्तिक ११ गते मंगलबार थप एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयले बिहीबार सूचना जारी गर्दै भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठपर्व समापन गर्ने परम्परा भएकाले सो दिन प्रदेशभर सार्वजनिक बिदा प्रदान गर्ने निर्णय भएको जनाएको छ।

मन्त्रालयका उपसचिव गणेश नायकद्वारा जारी सूचनामा प्रदेश सरकारले यसअघि २०८१ चैत २२ गते राजपत्रमा प्रकाशित निर्णयअनुसार छठको अवसरमा थप एक दिन बिदा दिने व्यवस्था रहेको उल्लेख छ। सोही अनुसार कात्तिक ११ गते पनि बिदा दिने निर्णय गरिएको जनाइएको छ।

यसअघि सङ्घ सरकारले अस्ताउँदो सूर्यलाई अर्घ्य दिने दिन कात्तिक १० गते सोमबारका लागि मुलुकभर सार्वजनिक बिदा घोषणा गरिसकेको छ।

प्रकाशित मिति : २०८२ कार्तिक ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस