२०८३ भाद्र ८ गते सोमवार | 2026 August 24th Monday

अस्पतालको शौचालयभित्र काण्ड मच्चाउने नर्सलाई १४ महिनाको जे ल!

काठमाडौं । सिंगापुरस्थित र्‍याफल्स अस्पतालका एक भारतीय नर्सलाई पुरुष आगन्तुकमाथि दुर्व्यवहार गरेको आरोपमा १४ महिनाको जेल सजाय सुनाइएको छ। अदालतले उनलाई शुक्रबार सजाय सुनाउँदै दुई पटक कोर्रा प्रहार गर्ने आदेश पनि दिएको हो, जुन सिंगापुरको शारीरिक सजायको एक प्रकार हो।

अदालतका कागजातअनुसार ३४ वर्षीय पुरुष नर्स एलिपे शिवा नागुले यो अपराध यस वर्ष जुन महिनामा नर्थ ब्रिज रोडमा रहेको अस्पतालको शौचालयभित्र गरेका थिए। डेपुटी पब्लिक प्रोसिक्युटर युजीन फुआका अनुसार पीडित आफ्ना हजुरबुबालाई भेट्न अस्पताल गएका थिए। साँझ करिब ७:३० बजे शौचालय प्रयोग गरिरहेको बेला एलिपले ढोका खोलेर भित्र हेरे।

“कीटाणुरहित” गर्ने बहानामा उनले पीडितको हातमा साबुन लगाए र त्यस क्रममा दुर्व्यवहार गरे। घटनाबाट स्तब्ध भएका पीडित तत्काल केही प्रतिक्रिया नजनाई हजुरबुबाको ओछ्यानमा फर्किएका थिए। केही दिनपछि उनले घटनाबारे अधिकारीलाई जानकारी दिएका थिए, पछि एलिपेलाई जुन २३ मा पक्राउ गरिएको थियो।

डीपीपी फुआका अनुसार यस घटनाले पीडितलाई गहिरो मानसिक र भावनात्मक आघात पुर्‍याएको थियो, जसमा फ्ल्यासब्याक र डरजस्ता लक्षणहरू देखिएका थिए। अपराध सार्वजनिक भएपछि अस्पतालले एलिपेलाई तुरुन्तै उनको नर्सिङ जिम्मेवारीबाट निलम्बन गरेको थियो।

गत महिना पनि सिंगापुरमा एक अर्का भारतीय नागरिक, स्थायी बासिन्दा ४६ वर्षीय अंकित शर्मालाई चांगी सिटी प्वाइन्ट मलको नर्सिङ कोठामा महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा चार वर्षको जेल सजाय सुनाइएको थियो।

प्रकाशित मिति : २०८२ कार्तिक ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस