२०८३ जेष्ठ १३ गते बुधवार | 2026 May 27th Wednesday

कक्षा कोठाभित्र विद्यार्थीसँग मालिस गराउँदै गरेको घि`नलाग्दो हर्कत भाइरल, शिक्षिकाको जागिर चैट

काठमाडौँ। भारत, आन्ध्र प्रदेशको श्रीकाकुलम जिल्लामा कक्षा कोठाभित्र शिक्षिकाले विद्यार्थीलाई खुट्टाको मालिस गराएको भिडियो भाइरल भएपछि उनलाई निलम्बन गरिएको छ।

भिडियोमा महिला शिक्षिका कुर्सीमा खुट्टा फैलाएर आरामसँग मोबाइलमा कुरा गरिरहेकी देखिन्छिन् भने, विद्यालय पोशाकमा दुई विद्यार्थी उनको खुट्टा र खुट्टाको मालिस गरिरहेका छन्।

यो घटना बन्दपल्ली आदिवासी बालिका आश्रम विद्यालयको हो। भिडियोमा देखिने दृश्य स्कूल समयमा खिचिएको पुष्टि भएपछि अधिकारीहरूले यसलाई अख्तियारको दुरुपयोगविद्यार्थीमाथिको अमानवीय व्यवहारका रूपमा लिएका छन्।

एकीकृत आदिवासी विकास एजेन्सी (ITDA) सीथम्पेटाका परियोजना अधिकारी पवार स्वप्निल जगन्नाथले घटनामा संलग्न शिक्षिकाविरुद्ध कारण देखाउ सूचना जारी गरिएको जानकारी दिएका छन्।

उनका अनुसार घटनाको सत्यता पत्ता लगाउन औपचारिक अनुसन्धान सुरु गरिएको छ र उपयुक्त अनुशासनात्मक कारबाही गर्न आदेश दिइएको छ।

अधिकारीहरूले भिडियोमा देखिएको व्यवहारलाई शिक्षकको कर्तव्यप्रतिको लापरवाहीनाबालिग आदिवासी केटीहरूको शोषण भनेर व्याख्या गरेका छन्।

प्रकाशित मिति : २०८२ कार्तिक १९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस