२०८३ असोज १० गते शनिवार | 2026 September 26th Saturday

जाडो बढेपछि महिनावारी पीडा किन चर्किन्छ? तीन कारण जो धेरैले थाहा पाउँदैनन्!

जाडो मौसममा धेरै महिलाले महिनावारी पीडा सामान्यभन्दा तीव्र अनुभव गर्छन्। स्वास्थ्यकर्मीहरूका अनुसार चिसोका कारण शरीरको प्रतिरक्षा प्रणाली कमजोर हुने, रक्तसञ्चारमा कमी आउने र भिटामिन डीको कमी हुनेजस्ता कारणले महिनावारीको पीडा बढ्न सक्छ।

चिसो बढ्दा शरीर बाह्य भाइरस र किटाणुको असरमा पर्न सक्छ, जसले प्रतिरक्षा प्रणाली कमजोर बनाउँछ। यसले महिनावारीमा जोर्नी दुखाइ, थकान र शरीर गल्ने समस्या बढाउँछ।

त्यस्तै, जाडोमा रक्तनलीहरू साँघुरो बन्दा प्रोस्टाग्ल्यान्डिन हर्मोनको स्तर बढ्न सक्छ, जसले पेट दुखाइ, तल्लो कम्मर दुखाइ र मुड स्विङ हुने समस्या पैदा गर्छ। रक्तसञ्चार कम हुँदा पाठेघरमा रगतको प्रवाह कम भई पीडा अजै बढ्ने विशेषज्ञहरूको भनाइ छ।

चिसोका कारण सूर्यको कम प्रकाशले भिटामिन डी घटाउँछ, जसले क्याल्सियमको स्तर कम गराई महिनावारी पीडा चर्किने देखिन्छ।

यद्यपि सबै महिलालाई महिनावारीमा समान पीडा हुँदैन। कम सक्रिय जीवनशैली, कमजोर प्रतिरक्षा, प्रशोधित खानेकुरा बढी सेवन गर्ने बानी तथा PCOS वा Endometriosis जस्ता समस्या भएका महिलामा वर्षैभरि पीडा देखिन सक्छ।

प्रकाशित मिति : २०८२ मङ्सिर २० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस