२०८३ असोज २३ गते शुक्रवार | 2026 October 9th Friday

बसभित्र आपत्तिजनक स्टन्ट गर्दा चर्चित मोडल रंगेहात पक्राउ, १५ वर्षसम्म कैदको खतरा

बाली । इन्डोनेसियाको कडा पोर्नोग्राफी विरोधी कानून उल्लङ्घन गरेको आरोपमा पक्राउ परेकी ओन्लीफ्यान्स मोडेल तथा पोर्न स्टार बोनी ब्लूलाई १५ वर्षसम्मको जेल सजाय हुन सक्ने बताइएको छ। ‘ब्याङबस’ नामको स्टन्ट गरेको आरोपमा उनलाई गत हप्ता बाली प्रहरीले नियन्त्रणमा लिएको हो।

बोनी ब्लू (वास्तविक नाम टिया बिलिंगर) सँगै १५ अष्ट्रेलियालीसहित १७ पुरुष पर्यटक पनि पक्राउ परेका थिए, जसलाई पछि रिहा गरिएको थियो। प्रहरीका अनुसार व्यावसायिक भिडियो क्यामेरा, गर्भनिरोधक, औषधि र ‘Bonnie Blue’s BangBus’ लेखिएको सवारीसाधन समेत जफत गरिएको छ।

इन्डोनेसियाको २००८ को पोर्नोग्राफी कानूनअनुसार दोषी ठहरिएमा उनलाई १५ वर्षसम्म कैद र ६ अर्ब इन्डोनेसियन रुपिया बराबर जरिवाना हुन सक्छ। यद्यपि, कानुनी विज्ञहरूका अनुसार अन्तिम निर्णय अभियोजन वा देश निकाला दुवैमध्ये कुनै एक हुन सक्छ। यसअघि पनि बालीमा यस्ता मुद्दामा संलग्न विदेशी नागरिकहरूलाई देश निकाला गरिएको उदाहरण छन्।

प्रकाशित मिति : २०८२ मङ्सिर २५ गते बुधवार
प्रतिक्रिया दिनुहोस