२०८२ माघ २८ गते मङ्गलवार | 2026 February 10th Tuesday

रामेछाप केन्द्रबिन्दु भएर भूकम्प गयो

काठमाडौं । रामेछापको भटौलीलाई केन्द्रबिन्दु बनाएर आज दिउँसो २ बजेर १४ मिनेटमा ४ म्याग्निच्यूडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको कम्पन रामेछाप आसपासका क्षेत्रमा स्पष्ट रूपमा महसुस गरिएको छ।

हालसम्म कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन। तर स्थानीयवासीले अचानक घर र भवन हलचल भएको अनुभव गरेका छन्।

यसअघि असोज १ गतेका दिन पूर्वीरुकुम र बाग्लुङको सीमा क्षेत्र पातिहाल्ने भञ्ज्याङ केन्द्रबिन्दु भएर ४.६ म्याग्निच्यूडको भूकम्प गएको थियो। नेपाल भूकम्पीय जोखिमका हिसाबले संवेदनशील देश भएकाले साना भूकम्पहरू पटक–पटक महसुस हुने गरेका छन्।

प्रकाशित मिति : २०८२ असोज १० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस