२०८३ जेष्ठ १३ गते बुधवार | 2026 May 27th Wednesday

अमेरिकाले २ हजार ४२७ लाई निष्कासन गर्‍यो

Travel Ban on Citizens from 12 More Countries Begins in the U.S. Today

काठमाडौं । भारतको विदेश मन्त्रालयले यस वर्षको जनवरीदेखि अहिलेसम्म २४२७ भारतीय नागरिकलाई संयुक्त राज्य अमेरिका (अमेरिका) बाट भारत फर्काइएको जनाएको छ।

मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले पत्रकार सम्मेलनमा भने, “हालै फर्किएकी हरजीत कौरको घटना पनि यही प्रक्रियाअनुरूप भएको हो। कानुनी आप्रवासन सम्बन्धी भारतको नीति स्पष्ट छ।”

उनका अनुसार, यस्ता घटनामा पहिलो चरणमा व्यक्तिको नागरिकता प्रमाणित गरिन्छ र भारतीय नागरिक भएको पुष्टि भएपछि मात्र देश निकाला प्रक्रिया अघि बढाइन्छ। अमेरिकाबाट फर्काइएका घटनामा पनि यही प्रक्रिया लागू गरिएको प्रवक्ताले बताए।

जयसवालले भिसा ठगीबारे प्रष्ट पार्दै भने, “भारत कानुनी आप्रवासनलाई प्रोत्साहन गर्छ, तर अवैध आप्रवासीहरू विरुद्ध कडा कारबाही भइरहेको छ। यसका लागि भारत सरकारले विभिन्न राज्य सरकारहरूसँग मिलेर अवैध आप्रवासीलाई प्रोत्साहित गर्ने एजेन्टहरूलाई नियन्त्रणमा लिने अभियान चलाइरहेको छ।”

प्रकाशित मिति : २०८२ असोज १० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस