२०८२ माघ २७ गते सोमवार | 2026 February 9th Monday

पूर्वप्रधानमन्त्री र चर्चित गायिकाका अन्तरंग तस्बिर भाइरल, लाज पनि लजायो

काठमाडौं । अमेरिकी पप स्टार केटी पेरी र क्यानडाका पूर्वप्रधानमन्त्री जस्टिन ट्रुडोको नयाँ तस्बिर सामाजिक सञ्जालमा भाइरल भएपछि उनीहरूबीच प्रेम सम्बन्धको अड्कल बलियो बनेको छ। केही समयअघि केवल मित्रताको चर्चा रहेका यी दुईको यो तस्बिरले सामाजिक मिडियामा तहल्का मच्चाएको छ।

भाइरल तस्बिरमा ट्रुडो पेरीको व्यक्तिगत याटमा देखिएका छन्। दुवै एकअर्कासँग ‘पर्सनल र क्वालिटी’ समय बिताइरहेको देखिन्छ र तस्बिरमा उनीहरूले एकअर्कालाई चुम्बन गरिरहेको पनि स्पष्ट देखिन्छ।

यसअघि, जुलाई महिनामा क्यानडाको मोन्ट्रियलमा यी दुईलाई एकसाथ डिनर गरिरहेको अवस्थामा पनि देखिएको थियो। ट्रुडो पेरीको कन्सर्टमा उपस्थित भएको खबर पनि सार्वजनिक भएको थियो।

नेटवर्थको हिसाबले यी दुईको पृष्ठभूमि निकै फरक छ। अनुमानअनुसार २०२५ सम्ममा ट्रुडोको नेटवर्थ ९ करोड ५० लाख डलर छ भने केटी पेरीको झन्डै ४० करोड डलर रहेको छ। यो समाचारले अन्तर्राष्ट्रिय मिडियामा समेत चर्चा पाएको छ।

प्रकाशित मिति : २०८२ असोज २६ गते आइतवार
प्रतिक्रिया दिनुहोस