२०८२ माघ २७ गते सोमवार | 2026 February 9th Monday

रहेनन् सबैको मनमा बसेका चर्चित अभिनेता, शोकमा फ्यान

काठमाडौं। बीआर चोपडाको चर्चित धारावाहिक ‘महाभारत’ मा कर्णको भूमिका निर्वाह गरेर घर-घरमा परिचित अभिनेता पंकज धीरको निधन भएको छ। उनी ६८ वर्षका थिए।

धीरले लामो समयदेखि क्यान्सरसँग लडाइँ गर्दै आएका थिए। केही समयअघि रोगमुक्त भएका उनी फेरि क्यान्सरको पुनरागमनपछि अस्वस्थ बनेका थिए। उपचारका क्रममा आज उनको निधन भएको हो।

उनको निधनले भारतीय मनोरञ्जन उद्योग शोकमग्न बनेको छ। विभिन्न कलाकार र प्रशंसकहरूले सामाजिक सञ्जालमा पोस्ट गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्।

अभिनेता अमित बहलले एएनआईसँग कुरा गर्दै पंकज धीरको मृत्युको पुष्टि गरेका छन्। उनले भने,
“यो खबर साँच्चै स्तब्ध पार्ने र दुःखद छ। पंकजजी तीन वर्षअघि बिरामी पर्नु भएको थियो, तर पछि निको भएर काममा फर्किनुभएको थियो। मैले करिब चार महिनाअघि उहाँसँग कुरा गरेको थिएँ, र उहाँ ठीक देखिनुहुन्थ्यो।”

अभिनेता फिरोज खानले पनि इन्स्टाग्राममा तस्बिर सेयर गर्दै उनलाई बिदाइ गरेका छन्। राजा मुरादले भने पंकज धीरको शरीरका धेरै भागहरूमा क्यान्सर फैलिएको बताएका छन्।

प्रकाशित मिति : २०८२ असोज २९ गते बुधवार
प्रतिक्रिया दिनुहोस