२०८३ असार ३० गते मङ्गलवार | 2026 July 14th Tuesday

आफ्नै बुहारीसँग नाजायज सम्बन्ध! छोराको रहस्यमय मृत्युपछि भारतमा पूर्व प्रहरीमाथि बबाल

काठमाडौं । भारत, पञ्जाबका पूर्व प्रहरी महानिदेशक (डीजीपी) मोहम्मद मुस्तफामाथि आफ्नै छोराको हत्या र आपराधिक षड्यन्त्रको आरोप लागेको छ। उनलाई उनकी श्रीमती तथा पूर्वमन्त्री रजिया सुल्ताना, छोरी र बुहारीसहित एफआईआरमा नाम उल्लेख गरिएको छ।

१६ अक्टोबरमा मुस्तफाका छोरा अकील अख्तरको पंचकुलास्थित घरमा मृत्यु भएको थियो। सुरुमा परिवारले लागूपदार्थको अत्यधिक सेवनका कारण मृत्यु भएको दाबी गरे पनि पछि सार्वजनिक भएको भिडियोमा अकीलले आफूलाई परिवारले मार्ने षड्यन्त्र भइरहेको दाबी गरेका थिए। भिडियोमा उनले आफ्ना बुबा मोहम्मद मुस्तफा र बुहारीबीचको अवैध सम्बन्ध रहेको आरोप पनि लगाएका थिए।

अकीलले भिडियोमा मानसिक र शारीरिक उत्पीडन, जबरजस्ती पुनर्वासमा पठाउने प्रयास र व्यवसायिक पहुँचबाट वञ्चित गराइएको बताएका छन्। उनको छिमेकी शमसुद्दीनले पंचकुला प्रहरीमा उजुरी दर्ता गर्दै परिवारका सदस्यहरूलाई हत्याको षड्यन्त्रमा संलग्न भएको आरोप लगाएका हुन्।

पंचकुला प्रहरीले उजुरीका आधारमा भारतीय दण्ड संहिता अन्तर्गत हत्या र षड्यन्त्रसम्बन्धी धारामा एफआईआर दर्ता गरेको छ। डीसीपी सृष्टि गुप्ताका अनुसार यस घटनाको निष्पक्ष अनुसन्धानका लागि एसीपी स्तरका अधिकृतको नेतृत्वमा विशेष अनुसन्धान टोली (SIT) गठन गरिएको छ। उनले भनिन्, “हामीले सबै प्रमाण र नमूना वैज्ञानिक तरिकाले परीक्षण गरिरहेका छौं, रिपोर्ट प्राप्त भएपछि मात्र मृत्युको कारण पुष्टि हुनेछ।”

प्रकाशित मिति : २०८२ कार्तिक ५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस