२०८३ बैशाख ३ गते बिहिवार | 2026 April 16th Thursday

मेयरको घरभित्र काण्ड गर्ने दुई युवती काठमाडौं बुढानीलकण्ठबाट समातिए

काठमाडौँ । ‘जेनजी प्रदर्शन’का क्रममा बुढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीको घर तोडफोड गरेको आरोपमा प्रहरीले दुई युवतीलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा इलामको माई नगरपालिका–८ की २० वर्षीया निशा राई र गुल्मीको हस्तिचौर गाउँपालिका–२ की २२ वर्षीया आयुषा कुमाल रहेका छन्। उपत्यका प्रहरी कार्यालयका एक अधिकृतका अनुसार उनीहरूलाई बुधबार बुढानीलकण्ठको गैरीगाउँबाट पक्राउ गरिएको हो।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा उनीहरूले भदौ २४ गतेको प्रदर्शनको अवसरमा मेयर अधिकारीको घरमा तोडफोड गरेको स्वीकारोक्ति दिएका छन्। प्रदर्शन ‘जेनजी’ समूहसँग सम्बन्धित गतिविधिका क्रममा भएको बताइन्छ।

हाल उनीहरूलाई प्रहरी वृत्त बौद्धमा राखी थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति : २०८२ कार्तिक २१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस