२०८३ भाद्र ८ गते सोमवार | 2026 August 24th Monday

योगको बहानामा रेस्टुरेन्टभित्र अर्कै फोहोरी कार्यक्रम चलाउने बेलायती महिला समातिइन

काठमाडौं । कोह फागंन टापुमा तान्त्रिक यौन योग कक्षा सञ्चालन गर्दै आएकी एक बेलायती महिला पक्राउ परेकी छन्। ४० वर्षीया मारिया श्चेटिनिनाले प्रति सत्र ४०० भाट (१० पाउण्ड) लिँदै बिना अनुमति ‘तन्त्र योग पवित्र यौन’ शीर्षकको कक्षा चलाउँदै आएकी थिइन्।

नोभेम्बर ५ मा रेस्टुरेन्ट पछाडि प्रहरीले छापा मार्दा उनी कक्षा सञ्चालन गर्दै थिइन्। प्रहरीले कक्षासँग सम्बन्धित टिकट, पर्चा, नोटबुक र उनको फोटो भएको बिलबोर्ड बरामद गरेको छ।

मारिया होटल व्यवस्थापन फर्ममा ग्राहक सम्बन्ध प्रबन्धकको रूपमा काम गर्दै आइरहेकी थिइन्, तर वैध अनुमति बिना योग शिक्षिका बनेकी थिइन्। पक्राउपछि उनले प्रहरीलाई भनिन्, “मेरो वकिलले भनेका थिए यो ठिक छ।”

पर्यटक प्रहरी निरीक्षक विनित बुनचिटका अनुसार, उनको व्यवहारले थाइल्याण्डको विदेशी कार्य व्यवस्थापन ऐनको उल्लङ्घन गरेको छ।

यसअघि पनि मार्चमा पोल्यान्डकी एक प्रभावकार र सेप्टेम्बरमा बालीमा अमेरिकी महिला यस्तै आरोपमा पक्राउ परेका थिए। हालै मात्र दुई अजरबैजानी पुरुषलाई अनुमति बिना बिजुली जडान गरेको आरोपमा पक्राउ गरिएको थियो।

थाइल्याण्ड प्रहरीले पर्यटन छवि जोगाउन यस्ता गैरकानुनी गतिविधिमाथि कडाइ गरेको बताएको छ। मारियालाई कोह फागंन प्रहरीमा बुझाएर मुद्दा दायर गरिएको छ।

प्रकाशित मिति : २०८२ कार्तिक २६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस