काठमाडौँ । नेपाल एयरलाइन्समा ठूलो काण्ड बाहिर आएको छ । चालक दलका सदस्य सन्देश तिवारी दोहा विमानस्थलमा आठ तोला सुनसहित पक्राउ परेका हुन् । सुन तस्करीको आरोपमा उनीलाई दोहा प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।
पक्राउ परेसँगै तिवारीलाई तीन महिनाका लागि निलम्बन गरिएको छ । नोभेम्बर २९ मा दोहाबाट काठमाडौँ आउन लागेको आरए २४० उडानका क्रममा भन्सार जाँचमा उनीबाट सुन भेटिएको हो । घटनाले उडान करिब ३५ मिनेट रोकिएको समेत पुष्टि भएको छ ।
नेपाल एयरलाइन्सका दोहा स्टेसन म्यानेजर कृष्ण बजगाईंले घटनाको पुष्टि गरे । तर एअरलाइनकी प्रवक्ता अर्चना खड्काले आफूलाई आधिकारिक जानकारी नआएको भन्दै टिप्पणी गर्न नमिल्ने बताइन् ।
प्रकाशित मिति : २०८२ मङ्सिर १६ गते सोमवार

