प्रकाशित मिति : २०८२ माघ २ गते बिहिवार
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा (माओवादी) र जेनजी अभियन्ता मिराज ढुंगानाको समूहबीच ४ बुँदे सहमति भएको छ।
बिहीबार माइतीघरमा भएको सहमतिमा विप्लव र ढुंगानाले हस्ताक्षर गरेका हुन्। सहमतिअनुसार अन्तरिम सरकार गठनका लागि संघर्ष, संविधान संशोधनसहित स्थिर सरकार, जेनजी विद्रोहका माग पूरा गर्न आन्दोलन र भ्रष्टाचारविरुद्ध विशेष न्यायिक निकाय गठन तथा राज्यको अग्रगामी पुनर्संरचनामा संयुक्त पहल गर्ने सहमति भएको छ।
ढुंगाना नेतृत्वको समूह केही दिनदेखि माइतीघर मण्डलामा धर्नामा बसेको थियो।
