काठमाडौं । पाकिस्तानका कारण भारतको निद हराम भएको छ । अङ्ग्रेजी अखबार टाइम्स अफ इन्डियाको समाचार अनुसार हैदराबादको डिफेन्स रिसर्च एण्ड डेभलपमेन्ट ल्याबोरेटरी (डीआरडीएल) मा काम गर्ने इन्जिनियरलाई पाकिस्तानी जासूसले हनी ट्र्यापमा पारेका छन् ।
त्यसपछि भारतको मिसाइल (आणविक) कार्यक्रमको गुप्त जानकारी पाकिस्तानलाई दिइयो ।
समाचार अनुसार, एक डीआरडीएल इन्जिनियरलाई पाकिस्तानी जासूसले हनी ट्र्यापमा फसाएका हुन् । विवाह र प्रेमको वाचा गरेर भारतको मिसाइल कार्यक्रमसँग सम्बन्धित जानकारी लिक गर्न बाध्य पारेको खुलेको छ ।
गुप्तचर निकायबाट प्राप्त सूचनाका आधारमा आरोपित २९ वर्षीय इन्जिनियर मल्लिकार्जुन रेड्डीलाई प्रहरीले शुक्रबार घरबाट पक्राउ गरेको थियो ।
प्रहरीका शीर्ष स्रोतलाई उद्धृत गर्दै ती इन्जिनियरले भारतको आणविक क्षमताले सम्पन्न अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल र पनडुब्बीबाट प्रक्षेपण गर्ने क्षेप्यास्त्रबारे पनि जानकारी लिक गरेको समाचारमा उल्लेख छ ।
अभियुक्त मल्लिकार्जुन सन् २०१८ देखि हैदरावादको डीआरडीएलको एडभान्स नेभल सिस्टम प्रोग्राममा काम गर्दै आएका थिए । जासुसीको आरोपमा पक्राउ परेका रेड्डीले सोधपुछका क्रममा सबै कुरा स्वीकार गरेका छन् । अब थप विवरण लिन प्रहरीले रेड्डीलाई हिरासतमा लिने तयारी थालेको छ ।
त्यसबीच पाकिस्तानी जासुसले आफूलाई नताशा रावको रुपमा चिनाएको खुल्यो । फेसबुकबाट रेड्डीको ती जासूससँग चिनजान भएको थियो । पाकिस्तानी जासुसले रेड्डीसँग विवाहको कसम खाएर भारतको आणविक कार्यक्रमसँग सम्बन्धित संवेदनशील जानकारी लिएको अधिकारीहरुले बताएका छन् ।
अभियुक्तले अग्नी सतहबाट सतहमा मार हान्ने क्षेप्यास्त्र र के–सिरीजको मिसाइलमा प्रयोग हुने प्रविधिको बारेमा जानकारी लिक गरेका हुन् । के–सिरीज मिसाइलहरू विशेष गरी नौसेनाको अरिहन्त–वर्गको आणविक–सम्पन्न ब्यालिस्टिक मिसाइल पनडुब्बीहरूको लागि डिजाइन गरिएको छ ।
समाचार अनुसार अभियुक्त रेड्डीको काम रक्षा निर्माण विभागहरूमा गएर त्यहाँको कामको प्रगति मूल्याङ्कन गर्ने र समयसीमा तय गर्नु रहेको थियो । त्यहीँ भएर क्षेप्यास्त्र बनाउन कुन प्रविधि प्रयोग गरिन्छ भन्ने जानकारी उनीसँग हुन्थ्यो । एक शीर्ष प्रहरी अधिकारीले द टाइम्स अफ इन्डियालाई व्यक्तिगत जीवनमा एक्लो रेड्डी नताशाको मीठो कुराकानीमा फसेको बताएका छन् ।
कुराकानीपछि उनले के–सिरीजको मिसाइलसँग सम्बन्धित खुफिया जानकारी पाकिस्तानसँग साझा गरेका हुन् । एक वरिष्ठ गुप्तचर अधिकारीले भने, ‘आरोपी ३५०० किलोमिटर दूरीको के–४ मिसाइल, ६०० किलोमिटर दूरीको के–५ र १५०० किलोमिटर दूरीको के–१५ सागरिका सिरीजको कोड नम्बर बी–०५, सबै आणविक हतियारयुक्त पनडुब्बीबाट प्रक्षेपण गरिएको ब्यालिस्टिक मिसाइल (एसएलबीएम) हरूबारे जानकार थिए ।’
आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।
- यी ३० खानेकुरा खाएपछि यस्ता खानेकुरा भुलेरपनि खानु हुँदैन, कि ज्यानै लिन्छ कि विष बनेर घातक
- दुई महिना न्यायाधीशको कुर्सीमा बसेर फैसला सुनाउने भारतको सबैभन्दा ठूलो मस्तिष्क चोर
- अष्ट्रेलियामा नेपाली यौन व्यवसायमा संलग्न
- बीबीसीले नेपाललाई पनि भारतको राज्य भनेपछि…
- १० पास महिलाले खेतलाई बनाइन् दुनियाँको आकर्षक केन्द्र : लाखौं कमाइ गुगलले समेत तारिफ गर्यो
- यसरी सुत्न नजान्दा हृदयघात र सुगर, प्रेसर : मुटुरोग विशेषज्ञ डा. भगवान कोईराला
- विज्ञानको अहिलेसम्मकै ठूलो चमत्कार : मृत्युपछि फेरी बचाउँने प्रविधि आयो
- श्रीमान् र श्रीमतीको ब्लड ग्रुप एउटै भएमा के हुन्छ ? कस्तो ग्रुपमा बच्चा जन्माउन मुस्किल ?
- क्याप्टेन मोनिकाको बहादुरी र सीपले १९१ यात्रुको ज्यान बच्यो, विश्वभर प्रशंसा
- डाक्टरको एउटै परिवारका ९ जनाको लाश फेला, कसरी भयो यो नरसंहार !
- बिहेको सपना देखाएर बिवाहित महिलालाई बलात्कार, तेस्रो पटकसम्म गर्भपतनपछि उजुरी दिइन्
रचकोन्डा एक प्रहरी अधिकारीलाई उद्धृत गर्दै समाचारमा इन्जिनियर सन् २०२० जनवरीदेखि डिसेम्बर २०२१ सम्म दुई वर्षसम्म नताशासँग सम्पर्कमा भएको कुरा खुलेको छ । नताशा नामकी पाकिस्तानी खुपिया एजेन्सीकी युवतीसँग सिमरन चोपडा र ओमिशा अड्डी नामका दुई थप नक्कली फेसबुक खाताहरू थिए । नताशा सधैं फेसबुक मेसेन्जर र व्हाट्सएपमा रेड्डीसँग कुरा गर्थिन् ।
तर कहिल्यै भिडियो कल गरिनन् । उनले आफूलाई बेलायतको डिफेन्स जर्नलको कर्मचारीको भन्दै चिनाएकी थिइन् । प्रहरीले रेड्डीसँग भएका दुईवटा मोबाइल र एउटा ल्यापटप बरामद गरेको छ, जसमा धेरै महत्त्वपूर्ण प्रमाणहरू छन् । त्यसमा मिसाइल निर्माणसँग सम्बन्धित तस्विर र विस्तृत जानकारी समावेश छ, जुन अभियुक्तले नताशासँग साझा गरेका थिए ।
अनुसन्धानकर्ताहरूले रेड्डीको फोनमा हिन्दी र अंग्रेजीमा जासूसको भ्वाइस क्लिप पनि फेला पारेका छन् । इन्जिनियरका अनुसार नताशाले बैंक खाताको विवरण पनि मागेकी थिइन् । तर उनले पैसा ट्रान्सफर गरेनन् । सोही कारण प्रहरीले अहिले रेड्डी मात्र संलग्न थिए वा उनी कुनै ठूला समूहमा संलग्न थिए भन्ने कुरा पत्ता लगाउन खोजिरहेको छ ।
सबैको जानकारीको सेयर गर्नुहोस !!