
काठमाडौं । १० कक्षा उत्तीर्ण गरेकी एक महिलाले गरेको चमत्कारलाई लिएर दुनियाँ हैरान भएको छ ।
भारत, उत्तर प्रदेश (युपी) को कन्नौजमा बस्ने १० कक्षा उत्तीर्ण गरेकी एक महिलाले आफ्नो खेतमा पानी जम्ने समस्या यसरी सामना गरिन् कि अहिले सबैले तारिफ गरिरहेका छन् । विपद्लाई अवसरमा परिणत गर्दै उनले खेतलाई नै सानो टापु बनाइन् ।
आजतकको रिपोर्ट अनुसार कन्नौजको तिरवा तहसीलको बुथैयान गाउँकी किरण कुमारी राजपूतको उमर्दा ब्लकको गुंडाहा गाउँमा २३ बिघा जमिन छ । उनको खेत पानीले भरिएको थियो ।
आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।
- ड्राईभरले ब्रेष्ट पक्रियो, सरले दिइस् भने पास गराउँछु भन्यो त्यसपछि.. अभिनेत्री दिया मास्के
- अष्ट्रेलियामा नेपाली यौन व्यवसायमा संलग्न
- बुहारीको बयान : ससुरा र देवर मिलेर मसँग सम्बन्ध राखे, देखेर विरोध गर्दा श्रीमानलाई सिध्याए
- बिहानै खालीपेटमा यस्तो बनाएर ३ गिलास पानी पिउनुहोस् : केही दिनमा सुरु हुन्छ यस्तो चमत्कार
- यसरी सुत्न नजान्दा हृदयघात र सुगर, प्रेसर : मुटुरोग विशेषज्ञ डा. भगवान कोईराला
- विज्ञानको अहिलेसम्मकै ठूलो चमत्कार : मृत्युपछि फेरी बचाउँने प्रविधि आयो
- कुकुरले आफ्नै ज्यान फ्यालेर देखाएको बफादारीको यो तस्वीरले दुनियाँकै आँखा रसायो
- बेलायतमा बसेर ३ करोड पर्ने संसारकै सर्बाधिक महंगो मोटरसाइकल चढ्ने नेपाली
जसकारण खेतीपाती पनि राम्ररी हुन सकेको थिएन् । त्यसपछि उनले खेतको जलमग्न भागलाई पोखरीमा परिणत गर्ने निर्णय गरिन् ।
किरणले सन् २०१६ मा प्रशासनबाट जल फ्लोन योजना अन्तर्गत भारु २ लाख रुपैयाँ लिएकी थिइन् ।
केही जम्मा पुँजी र केही ऋण लिएर माछापालन सुरु गरिन् । २३ बिघा जग्गामा पोखरीको काम सुरु गर्न ११ लाख खर्च भयो ।
सुरुमा नाफा कम थियो । त्यसपछि पोखरीको बीचमा एक बिघाको टापु बनाइयो । उनले आँप, अम्बा, केरा, काउली, मेवा, सितलचिनी र फूल लगाएर बगैँचा बनाएकी छिन् । अहिले यो टापु आकर्षणको केन्द्र बनेको छ । मानिसहरू घुम्न र डुङ्गा शैयर गर्न आउँछन्।
किरणको अस्वस्थताका कारण अहिले उक्त टापुमा उनले छोरा शैलेन्द्रलाई खटाएकी छिन् । पोखरीमा बध, नैन, चिनियाँ माछा, ग्रास कटर र सिल्भर माछा पाइन्छन् । अहिले उनीहरूले माछा पालन र फलफूल बेचेर वार्षिक भारु २० देखि २५ लाखसम्म आम्दानी गरिरहेका छन् ।
टापु हेर्न टाढा टाढाबाट मानिसहरु आउने गरेका छन् । यो सबैका लागि आकर्षणको मुख्य बिन्दु बनेको छ । गुगलले पनि उनको कामको प्रशंसा गर्दै सम्मान पत्र जारी गरेको छ ।
शैलेन्द्रका अनुसार गुगलले उनलाई एक वर्षअघि सर्टिफिकेट दिएको थियो । उनको टापुको प्रशंसा गर्दै गुगलले फोटो अपलोड गरेको थियो । सोच हुने व्यक्तिले विद्यालयको उच्च शिक्षा नलिए पनि हरेक क्षेत्रमा चमत्कार गर्न सक्छ भन्ने पछिल्लो उदाहारण किरण बनेकी छिन् ।
सबैको जानकारीको सेयर गर्नुहोस !!