डा. हेमराज कोइराला । प्राणीमा रोग आफैमा जन्मिदैन । रोग निम्त्याउँने हाम्रो आहार नै हो ।

हामी के खान्छौ र कसरी खान्छौ भन्नेमा रोगको अति निकट सम्बन्ध छ । तपाई आफैले आफ्नो खानपान विगारेर रोगलाई आफ्नो शरीरमा निमन्त्रणा दिनुभएको हो ।

स्वास्थ्यका लागि गुणकारी र पोषक मानिएका दुई वा दुईभन्दा धेरै खानेकुराहरू पनि एकैपटक खाँदा एउटा खाद्य पदार्थको गुण धर्म अर्कोसँग नमिल्दा त्यसले स्वास्थ्यलाई ठूलो हानि पु¥याउन सक्छ ।

यी खानेकुरालाई हामी विरूद्ध आहार भनेर चिन्छौं । विरूद्ध आहारहरू छुट्टाछुट्टै खाँदा त्यसले स्वास्थ्यलाई फाइदा गरेपनि एकसाथ खाँदा यो नोक्सानदायक हुने गर्छ ।

विरुद्ध आहार सेवन गर्दा तत्कालै वा कालान्तरमा अनेकौं रोगहरूको खतरा रहन्छ । अधिकांश अवस्थामा हामीलाई यस्ता रोगहरूको कारणै थाहा नहुन सक्छ ।

आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।

तर विरूद्ध आहारको सेवनले पनि धेरै प्रकारका रोगहरू उत्पन्न गराउन सक्छ । यी खाद्य पदार्थहरूको विरूद्ध थाहा नहुँदा हामी रोगको चपेटामा जानी नजानी परिरहेका हुन्छौं ।

यसर्थ विरूद्ध आहारका विषयमा तपाईं हामी सबैजना जानकार हुनुपर्छ । यही जानकार म एक डाक्टर भएका कारण तपाईहरुलाई दिइरहेको छु । तपाईहरुलेपनि एक अर्कामा सेयर गरेर यो जानकारी पुर्याउनुहोला । यहाँ ३० वटा सूची नै प्रस्तुत गरेको छु ।

१. दूधसँगः दही, नुन, मुला, कटहर, सलाद, शीतल चिनी, तित्री, खरबुजा, तरभूजा, बेल, नरिबल, कागती, जमुना, अनार, अमला, सक्खर, करौदा, तिलौरा, गहत, सातु, कोदो, मुङ, मास, गहततेल, माछा, जस्ता खानेकुराको सेवन नगर्नुहोस् । यसैगरी दूधमा कुनै पनि परिकारसँग माछा, मासु अण्डा आदि खानु हुँदैन।

२.दहीसँग : चिया, कफी, दूध, पनीर, खिर, काँक्रा खरबुजा, मेवा । (३), खिरसँगः रूख कटहर, भुइँकटहर, माछा–मासु, अमिलो फलफूल, सातु, मदिरा आदि ।

(४) महसँग : समान मात्रामा घिउ, तेल, बोसो, अंगुर, कमलको बिउ, मुला, तातोपानी या दूध, सक्खर, वर्षा कोपानी आदि पिउनु हुँदैन । (५) चिसो पानीसँगः घिउ, तेल, तातो खानेकुरा, दूध, तरबुजा, अम्बक, मुङ्गफली आदि खानु वा पिउँनु हुँदैन ।

(६) जौको पिठोलाई अन्य अन्नसँग नमिलाई नखानुहोला । यसैगरी सातुलाई पनि पानी नराखी खानु हुँदैन । (७) भोजनलगत्तै पानी पिउनु हुँदैन । दिउँसो भोजन गरे पछाडि मोही र राति भोजनपछि दूध लिनु लाभदायक हुन्छ ।

(८) दिसापिसाब गरेपछि, खानाखानुभन्दा पहिले, रूघामर्की लागेको तथा मुखमा घाउ आएको अवस्थामा र पसिना आइरहेको अवस्थामा पानको सेवन गर्नुहुँदैन । (९) बिहानको भोजन पश्चात छिटोछिटो हिँड्नु हुँदैन तर साँझको खाना खाएपश्चात बिस्तारै हिँड्न सकिन्छ । साथै खाना खानेबित्तिकै सुत्नु हुँदैन।

(१०) तातो पानी वा तातो पदार्थका साथमा मह, कुल्फी, आइसक्रिम वा शीतल प्रकृतिका पदार्थहरूको सेवन गर्नुहुँदैन । (११) खरबुजा वा तरबुजासँग लसुन, दही, दूध, मूला, पुदिना चिसो पानीजस्ता खानेकुरा नखाऔं ।

(१२) भातमा अमिलो मिसाएर खानुहुँदैन । धेरै नुन हालेको खानेकुराहरू खाँदा पनि स्वास्थ्य चौपट्ट हुन्छ । (१३) मासको दाल र मुलाको साग वा सलाद खानुहुँदैन । (१४) केरा र मोही एकसाथ नखानुहोला ।

(१५) मह, दही, रक्सी र भलायोको साथमा गरम आहारको सेवन गर्नु हुँदैन । (१६) खिर र खिचडी पनि एकैसाथ खानु हुँदैन । (१७) खिरसँग सातु खानु वा खिर खाएको ४ घण्टा नबित्दै पानीमा सातु घोलेर पिउनु हुँदैन । (१८) काँचो केराको तरकारीसँग दही खाँदा तत्काल वा केही समयपछि उल्टी हुन सक्छ ।

(१९) पाकेको बडहरसँग दही, मासको दाल, घिउ, मह र सख्खर अत्यन्त हानिकारक हुन सक्छ । (२०) सुँगुर, बङ्गुर र माछा जस्ता प्राणीहरूको मासुसँग मह, सक्खर, तिल, दूध, मुला, मास र अङ्कुरित अन्न खानु हुँदैन । (२१) परेवाको मासु तेलमा पकाउनु हुँदैन । परेवाको मासु र प्याज एकै भोजनमा मिलाएर खानु हुँदैन ।

(२२) मासको दालसँग सख्खर खानु हुँदैन । (२३) तामा, पित्तल र काँसको भाँडोमा दूध, दही र घिउ राख्दा विषाक्तता उत्पन्न हुन्छ । (२४) पाकेको रुख कटहर खाएको दश घण्टासम्म पान, सूर्ति तथा अन्य चुना वा खरानी मिसिएको खानेकुरा खाँदा तत्काल ज्यानै पनि जान सक्छ ।

(२५) खाली पेटमा आँप नखाएको राम्रो । (२६) बकुल्लाको मासुलाई सुँगुरको बोसोमा पकाएर खाँदा भोजन विरूद्ध हुन्छ । (२७) सुँगुरको मासु र बयर एकसाथ खानुहुँदैन । (२९) तीन महिना नपुगेको अन्न र एक वर्ष पुरानो अन्नलाई एकसाथ पकाएर खानु हुँदैन । (३०) दूधलाई फलामको कराइमा तताउनु, काठ वा बाँसको भाडाकुँडामा राख्नु र स्टिलको भाडाँवर्तनमा प्रयोग गरौं ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु