२०८३ बैशाख १४ गते सोमवार | 2026 April 27th Monday

युवतीलाई होटलमा लगेर बलात्कार गरेको अभियोगमा रिसोर्टबाटै युवक पक्राउ

भक्तपुर । एक युवतीलाई होटलमा लगेर बलात्कार गरेको अभियोगमा आज प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

सूर्यविनायक नगरपालिका–९ बासघारीस्थित रुहोसा रिसोर्टमा २१ वर्षीया युवतीलाई जबर्जस्ती बलात्कार गरेको अभियोगमा प्रहरीले सूर्यविनायक नगरपालिका–२ बालकोट बस्ने २५ वर्षीय मनिष खत्रीलाई आज पक्राउ गरेको भक्तपुर महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभयो ।

आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।

युवतीलाई मनिषले जबर्जस्ती गरेको उजुरी दिएलगत्तै जगातीस्थित प्रहरी बृत्तबाट खटिएको प्रहरीले उनलाई रिसोर्टबाटै पक्राउ गरी अनुसन्धान सुरु गरेको उहाँको भनाइ थियो ।

गाईघाटको बरुवाखोलामा नदीजन्य पदार्थको मनपरी दोहन
उदयपुर जिल्लाको त्रियुगा नगरपालिकाको वडा नं ११, १२ तथा १० स्थित बरुवा नदी क्षेत्रको संवेदनशील स्थानमा केही ट्र्याक्टर व्यवसायीबाट नदीजन्य पदार्थ दोहन र निकासी गर्ने कार्य बढ्दै गएपछि नदी आसपासका गाउँघर जोखिममा परेका छन् ।बरुवा खोलास्थित ढिम्की र चपन बेलदोभान क्षेत्रको नदी किनार आसपास क्षेत्रबाट ट्र्याक्टर व्यवसायीले मनपरी ढुङ्गा तथा रोडा उत्खनन गरेर निकासी गर्ने कार्य बढाउँदै लगेपछि नदी आसपासका गाउँघर उच्च जोखिममा परेको चपन निवासी दिलबहादर कार्की बताउनुहुन्छ ।

बरुवा आसपास नदी किनार क्षेत्रबाट दैनिक दुई दर्जनभन्दा बढी ट्र्याक्टरबाट ढुङ्गा निकासी र ढुङ्गा रोडा सङ्कलन गरेर बिक्री गर्ने कार्य बढ्दै गएपछि यी क्षेत्रका चपन, ढिम्की बेलदोभानसहितका टोल उच्च जोखिममा परेका छन् । मनपरीढङ्गले नदीजन्य पदार्थ निकासी हुँदा जोखिम बढेको ढिम्कीका पुण्यप्रसाद काफ्लेको भनाइ छ ।उहाँका अनुसार अधिकांश ट्र्याक्टर व्यवसायीले ढुङ्गा निकासी गरेर विभिन्न स्थानमा सङ्कलन गर्ने गरेको र हिउँदमा महँगो मूल्य बिक्री गर्ने गरेका कारण बरुवा, ढिम्की बेलदोभान तथा चपन क्षेत्रका नदी किनार क्षेत्र पूर्णरूपमा भत्किसकेको र आसपासका गाउँघरसमेत खतरामा पर्न थालेका छन् ।

यसलाई नियन्त्रण गर्न सम्बन्धित निकायले चासो नदेखाउँदा झनै दोहन बढ्दै गएको चपनका अर्का स्थानीय देवीमाया कटुवाल बताउनुहुन्छ । उहाँका अनुसार आफूले यस्तो कार्य नगर्न पटक–पटक सम्झाउनाका साथै नगरपालिका तथा प्रहरी र स्थानीय प्रशासनमा पनि ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ भएको छैन । यस्तो कार्यमा स्थानीय तहका कतिपय नेता तथा व्यक्ति नै संलग्न हुने गरेको र सम्बन्धित निकायले नियन्त्रण तथा अनुगमनमा ध्यान नदिएका कारण बरुवा नदी क्षेत्र झनै दोहन हुँदै गएको स्थानीयवासी बताउँछन् । नदीजन्य पदार्थ उत्खननका कारण नदीको संरचना भत्कँदै गएको र बरुवा आसपासका गाउँ बाढीको उच्च जोखिममा परेको ढिम्कीका कुलबहादुर भुजेलको गुनासो छ ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

प्रकाशित मिति : २०७९ असार १४ गते मङ्गलवार