काठमाडौं । बलिउड अभिनेत्री करिना कपुर (खान) र करिश्मा कपुरबीच निकै राम्रो सम्बन्ध छ । दुई दिदीबहिनी सँगै बसेर पार्टी पनि गर्नुहुन्छ ।
चलचित्र उद्योगमा यी दुईबीच कुनै प्रतिस्पर्धा छैन । दुवैले एक अर्कालाई प्रतिद्वन्द्वीको रूपमा हेर्ने कुरा असम्भव भएको बताउँदै आउनु भएको छ ।
तर, एक समय यस्तो थियो जब करिनाले आफ्नो हजुरबुवा राज कपूरले करिश्मा कपूरलाई बढी माया गर्ने गरेको गुनासो गर्नुहुन्थ्यो ।
करिना र करिश्माको नाम पनि हजुरबुवाले राख्दिनु भएको थियो । राज कपूरको सन् १९८८ मा निधन भयो, त्यसबेला करिश्मा १३ वर्षकी हुनुहुन्थ्यो भने करिना सात वर्षकी हुनुहुन्थ्यो ।
एक अन्तर्वार्तामा करिनाले आफ्ना हजुरबुवाले करिश्मालाई धेरै माया गर्ने गरेको बताउनु भएको हो । सोही कारणले गर्दा आफू हजुरबुवासँग टाढा भएको महशुस पनि उहाँलाई हुन्छ । सन् २००२ मा रंगपत्रकार सिमी ग्रेवालले करिनालाई हजुरबुबासँग सम्बन्धित कुनै सम्झना छ कि भनेर सोध्नु भएको थियो ।
उहाँलाई जवाफ मिल्यो–बिल्कुल छ । तर म यसको बारेमा इमान्दारीपूर्वक भन्छु, उहाँ मलाई भन्दा मेरी दिदीलाई धेरै माया गर्नुहुन्थ्यो ।’ यसका बारेमा हजुरबुवासँग किन गुनासो नगरेको, तपाईंलाई आखिर किन त्यस्तो लाग्छ भनेर गरिएको प्रश्नको जवाफ पनि करिनासँग थियो ।
त्यसपछि उहाँले भन्नुभयो, ‘मलाई लाग्छ मेरी दिदीको आँखा मेरो हजुरबुवाको जस्तै नीलो छ । कम्तिमा मलाई के याद छ, भने उसले सबै उपहार र चकलेटहरू पाउँथी ।’
आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।
- पैसाका लागि गायिका सुनारको हत्या : प्रेमी सूर्यलाई पाँच दिन थुनामा राख्न अनुमति
- अमेरिकामा ट्रकमा मृत फेला परेका ४६ जनाको मृत्युको कारण यस्तो रहेछ
- मुसा नियन्त्रण गर्न नसकेपछि प्रहरीले बिरालोसँग सहयोग माग्यो
- चीनको बीआरआईलाई चुनौती दिन धनी राष्ट्रहरूले ६ सय अर्ब डलर परिचालन गर्ने
- युवतीलाई होटलमा लगेर बलात्कार गरेको अभियोगमा रिसोर्टबाटै युवक पक्राउ
- सरकारी बसमा महिला सुत्केरी भइन्, अब बच्चाले आजीवन बसमा निःशुल्क यात्रा गर्न पाउने
- प्याजबाट लिनुहोस् शरीरमा चमत्कारी प्रभाव, पेटको बोसो चैट
- चर्चितहरुको फेसबुकमा देखिने यो निलो टिक के हो ? कहिले र कसरी पाउन सकिन्छ ?
- ज्योति मगरको सुन्न र हेर्न नसक्ने छाडा : सिँधै गर्ने हो भन्छन्, तर म अझै कुमारी छु !
- काठमाडौंको मुटु कोटेश्वरमा भयानक दुर्घटना
- के मैले देवरसँग शारीरिक सम्पर्क गर्नुपर्छ ?
एउटा घटना सम्झँदै करिनाले थप भन्नुभयो, ‘हजुरबुवाले आँप मन पराउनुहुन्थ्यो र फ्रिजमा राख्नुहुन्थ्यो । उहाँको कोठामा लोलो (करिश्मा) बाहेक कसैलाई जान र खान अनुमति थिएन ।’ यो बयानपछि उहाँ विवादमापनि पर्नुभएको थियो ।
उहाँलाई के पनि लाग्थ्यो भने उहाँको उमेर त्यसबेला धेरै सानो थियो । हजुरबुवाले आफूसँग करिश्माले गरे जस्तै कुरा गर्न नसकेको कारण पनि आफू टाढा भएजस्तो उहाँलाई लाग्थ्यो । करिनाले उक्त अन्तर्वार्तामा हजुरबुवालाई असाध्यै माया गर्ने पनि बताउनु भएको छ ।
सबैको जानकारीको सेयर गर्नुहोस !!