२०८३ असार ३ गते बुधवार | 2026 June 17th Wednesday

भैरवनाथ मन्दिरका ७० वर्षीय मूल पुजारीले दर्शनमा आएकी महिलामाथि यौनजन्य गतिविधि गरेपछि…

BhairavNath Temple Palpa

बुटवल। महिला दर्शनार्थीमाथि यौनजन्य दुर्व्यवहार गरेको आरोप लागेका पाल्पाको भैरवनाथ मन्दिरका मूल पुजारी निलम्बित भएका छन्।

पाल्पाको रिब्दीकोट गाउँपालिका–४ भैरवस्थानमा अवस्थित मन्दिरका मूल पुजारी ७० वर्षीय जीतनाथ योगीले मन्दिरमा दर्शनका लागि आउने महिलामाथि यौनजन्य दुव्यर्वहार गरेको आरोपमा निलम्बनमा परेका हुन्।

पुजारी योगीले महिला दर्शनार्थीलाई यौनजन्य दुर्व्यवहार गरेको विषय सार्वजनिक भएपछि मन्दिर व्यवस्थापन समितिको आकस्मिक बैठकले निलम्बन गरेको अध्यक्ष गोविन्दबहादुर पोखरेलले बताउनुभयो ।

समितिका अध्यक्ष पोखरेल र सचिव दिलीप रायमाझीले प्रेस विज्ञप्ति जारी गर्दै यौनजन्य दुर्व्यवहारबारे सत्यतथ्य छानबिन नहुँदासम्म मूल पुजारीको सबै जिम्मेवारीबाट निलम्बन गरिएको उल्लेख गरेका छन् । मन्दिरमा दर्शन गर्न पुग्ने महिलालाई प्रसाद दिँदा संवेदनशील अंगमा हात पुर्‍याएर दुर्व्यवहार गरेको योगीमाथि आरोप छ।

 

प्रकाशित मिति : २०८० असार १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस